सिरिया विरुद्ध अमेरीका एक्लै लडने बेलायत पछि हटयाे ।

संयुक्त राज्य अमेरिकाले सिरियाविरुद्ध एकपक्षीय कारबाही गर्ने तयारी गरेको स्पष्ट संकेतका रुपमा विदेशमन्त्री जन केरीले कंग्रेसका वरिष्ठ सदस्यहरुलाई अरु देशको विदेश नीतिले अमेरिकालाई नरोक्ने बताएका छन्।
ब्रिटिश सरकारले संसदबाट सिरियाविरुद्धको सैनिक कारबाहीलाई अनुमोदन गराउन असफल भएपछि, विदेशमन्त्री केरीले कंग्रेस सदस्यहरुलाई सैनिक कारबाहीका सम्बन्धमा जानकारी गराएका थिए।
लण्डनमा, संसदीय मतदानमा पराजयपछि बोल्दै, ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनले भनेका छन्, त्यसबाट संसद र ब्रिटिश जनता दुवै ब्रिटिश सैनिक कारबाही हेर्न अनिच्छुक रहेको स्पष्ट भएको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.