५० किलो सुन बेपत्ता

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई बिहीबार राति एउटा सूचना आयो,'चीनको खासाबाट दुईवटा मिनि कन्टेनरमा ५० किलो सुन आउँदैछ।' त्यही सूचना जिल्ला प्रहरी कार्यालय काभ्रेलाई पनि गयो।ब्यूरो र काभ्रेको विशेष टोली कन्टेनर पक्राउ गर्न रातारात सडकमा खटिए। काभ्रेको दोलालघाटमा प्रहरीले ती कन्टेनर फेला
पारे।
 ब्यूरो ती कन्टेनर काठमाडौ ल्याउन चाशन्थ्यो भने काभ्रे प्रहरी आफ्नै जिल्लामा राखेर अनुसन्धान गर्ने प्रयासमा थियो।
 कन्टेनर खोलेर कस्ले हेर्ने भन्ने विषयमा दुई प्रहरी कार्यालयबीच विवाद भयो। ब्यूरोले दुबै कन्टेनरलाई चालक र खलासिसहित काठमाडौं ल्याएर आयो। राती ३ बजे दोेलालघाटबाट हिडेको ती कन्टेनर बिहान ८ बजे काठमाडौं आइपुगे। तर ब्यूरोको टोलीले जाँच गर्दा कन्टेनरमा सुन फेला परेन। आजको कान्तिपुरमा खबर छ।
 हामीलाई आएको सूचना ८० प्रतिशत सही थियो,'ब्यूरोको डिआईजि प्रकाश अर्यालले भने,'तर यहाँ ल्याएर जाँच गर्दा सुन भेटिएन।'

0 comments

Write Down Your Responses

Powered by Blogger.