नेपाल प्रहरी शान्ति स्थापनाका लागि माली जाँदै

मिसनअन्तर्गत विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिँदै आएको नेपाल प्रहरी अफ्रिकी मुलुक मालीमा पनि जाने तयारी गरेको छ । शान्ति स्थापनाका लागि मालीमा खटिन प्रहरीले औपचारिक रुपमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई पत्राचार गरेको आजको नयाँ पत्रिकामा खबर छ ।
राष्ट्रसंघले मालीमा ठूलो संख्यामा शान्तिसेना पठाउने तयारी गरेपछि नेपाल प्रहरीले आफूहरु त्यहाँ सेवा गर्न इच्छुक रहेको भन्दै पत्राचार गरेको छ । मालीमा नेपाली सेना खटिने निश्चित भइसकेको छ । आर्मीसँगै सिभिल प्रहरी पनि चाहिने भएकाले प्रहरीले जाने इच्छा देखाएको हो । हाल अमेरिकामा रहेका नेपाल प्रहरी युएन शाखाका प्रमुख एसएसपी देवेन्द्र सुवेदीलाई पनि त्यससम्बन्धी छलफल गर्न प्रहरी प्रधान कार्यालयले जिम्मा दिएको छ ।
राष्ट्रसंघमा नेपाल प्रहरीको योगदान जनशक्तिको हिसाबमा छैटौं स्थानमा छ । नेपाल प्रहरी सन् १९९२ देखि विभिन्न देशमा खटिँदै आएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.