उत्तर प्रदेशमा जातीय दङ्गा फैलिदा तेईसको मृत्यु

उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा भएको सो हिंसामा परी अरु दर्जनौँ नागरिक घाइते भएका पनि
समाचारमा जनाइएको छ ।
उक्त जिल्लाको सदरमुकामबाट करिब १०५ किलोमिटर उत्तरमा पर्ने कवाल गाउँमा त्यहीका स्थानीय समुदायका बीचमा भएको आपसी झगडाले हिंसाको रुप लिएको थियो ।
गृह मन्त्रालयका एकजना वरिष्ठ अधिकारीले भने– सो क्षेत्रमा जारी रहेको हिंसाका क्रममा अहिलेसम्ममा कम्तीमा २३ जनाको ज्यान गइसकेको छ ।
आफ्नो नाम नबताउने शर्तमा ती अधिकारीले भने– हामीलाई प्राप्त समाचारमा २३ जना मारिएको र अन्य केही घाइते भएको भन्ने छ तर यसको विस्तृत विवरण भने आउन सकिरहेको छैन । उता त्यहीको एक स्थानीय टेलिभिजनले भने मारिनेको सङ्ख्या २६ पुगेको जनाएको छ ।
स्थनीय टेलिभिजन आइबिएन ७ ले सो समाचार प्रशारण गरिरहेको पनि समाचारमा जनाइएको छ । सो हिंसापछि उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको छ । सो हिंसाको नियन्त्रणका लागि सेना पनि परिचालन गरिएको बताइएको छ ।
अहिले भने करिब ८०० को सङ्ख्यामा त्यहाँ सेना पठाइएको र अवस्था नियन्त्रणमा आइसकेको पाइएको भारतीय एक टेलिभिजनले एनडिटिभीले जनाएको छ ।
गएको शनिबार अबेर राति करिब एकहजारभन्दा बढी किसानले त्यहाँको कवाल गाउँमा बैठक गरी यसअघि मारिएका सोही स्थानका तीनजनाको हत्यारामाथिको कारबाहीका लागि आवज उठाएका थिए ।
ती किसानहरु घर फर्किने क्रममा उनीहरुमाथि नै आक्रमणमा गिरएको थियो । सोही गाउँको अर्काे जातका नागरिकले उनीहरुमाथि हमला गरेपछि त्यहाँ द्वीपक्षीय भडिन्त भएको बताइएको छ ।
ऊ क्षेत्रमा समय समयमा हिन्दू र मुस्लिमका बीचमा द्वन्द्व हुने गर्दछ । करिब दुई करोड जनसङ्ख्या भएको सो क्षेत्रमा यसअघि सन् १९९२ मा भएको हिंसामा सयौँको ज्यान गएको थियो ।
सैनिक अधिकारीहरुले यतिखेरको सो हिंसा ठूलो नभई स्थानीय गाउँहरुका बीचमा भएकोले उनीहरुलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिएका छन् ।
सो क्षेत्रमा सोमबार बिहान पनि थप सेना र प्रहरी खटाइएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । रासस/एएफप
0 comments
Write Down Your Responses