मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर
.jpg)
सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सिन्धुपाल्चोकका तत्कालीन मालपोत अधिकृत, नापी कार्यालय सिन्धुपाल्चोकका तत्कालीन प्रमुख, भोटसिपा गाविसका तत्कालीन सचिव, मालपोत कार्यालयका बहालवाला नायब सुब्बा र खरिदार, जग्गा दर्ता गराइलिने दुई जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने / गराउने कार्यमा संलग्न भएको अभियोगमा मालपोत कार्यालय सिन्धुपाल्चोकका तत्कालीन मालपोत अधिकृत पुरुषोत्तमभक्त खरेल, नायब सुब्बा भगिरथ सिग्देल (हाल मालपोत कार्यालय डिल्लीबजार काठमाडौंमा कार्यरत), खरिदार ओममान श्रेष्ठ (हाल मालपोत कार्यालय चावहिलमा कार्यरत), नापी कार्यालय सिन्धुपाल्चोकका तत्कालीन प्रमुख जितबहादुर अछामी, तत्कालीन गाविस सचिव भक्तराम श्रेष्ठ र जग्गा दर्ता गराइलिने मोहनबहादुर तामाङ (लामा) र रामबहादुर तामाङ (लामा) विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ। रासस
0 comments
Write Down Your Responses