Nepali News
»
आज विश्व आदिवासी दिवस मनाइदै विभिन्न कार्यक्रमक साथ
आज विश्व आदिवासी दिवस मनाइदै विभिन्न कार्यक्रमक साथ

२४ साउन । आज अगष्ट ९ तारिख २० औ विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइदै छ विश्वभर विश्व आदिवासी दिवस मनाइदै गर्दा नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ ।आदिवासी
जनजातीको अडान, पहिचानसहितको संघिय संविधान भन्ने नाराका साथ नेपालमा यो दिवस मनाइदैछ ।शनिबार यो दिवसलाई भव्यताका साथ मनाउन आदिवासी जनजाति सम्बन्धित विभिन्न संघसस्थाले विविध कार्यक्रमको आयोजना गर्दै छन् ।नेपाल आदिवासी जनजाती महासंघले बिहान ११ बजे शान्तीवाटिकाबाट विभिन्न संस्कृति र पहिचान झल्कने झाँकीसहित रेयालीको आयोजना गरेको छ । ¥याली काठमाडौँको टुडिखेलमा पुगेर विशेष कार्यक्रममा परिणत हुने आयोजक मुल समारोह समितिले जनाएको छ ।२० वर्ष अघिदेखि प्रत्येक वर्ष अगस्त ९ तारिकमा यो दिवस भव्यताका साथ विश्वभर मनाउने गरिन्छ ।
0 comments
Write Down Your Responses