नायक श्रीकृष्ण श्रेष्ठलाई निमोनिया

बिहेलगत्तै स्वास्थ्यमा समस्या देखिएपछि नायक श्रीकृष्ण श्रेष्ठलाई निमोनिया भएको छ।दिल्लीको एक अस्पतालमा उपचार गराइरहेका श्री करिब तीनसाताअघि दिल्ली गएका थिए। स्वास्थ्यमा असहजता भएको
कारण उनको बहुप्रतिक्षित सिनेमा ‘कोहिनुर’को प्रचारका साथै व्यवसाय सम्हाल्न नेपाल आउन सकेका छैनन्।हनिमुन मनाउन भन्दै बिहे लगतै दिल्ली हानिएका नायक श्रेष्ठको उपचार भैरहेको छ।चलचित्र ‘कोहिनुर’का निर्माता मध्येका एक चन्द्र प्रसाद श्रेष्ठले श्रीकृष्णलाई घाटीको एलर्जीसँगै निमोनिया भएको पुष्टी गरेका छन्। श्रीकृष्ण नभएपछि चलचित्रको सार्वजनिक प्रदर्शन अगाडि आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन समेत टरेको छ।बिहिबार आयोजना हुन लागेको चलचित्रको पहिलो शोमा समेत नायक श्रीकृष्ण र उनकी पत्नी नायिका स्वेता खड्का उपस्थित हुने सम्भावना कम भएको छ। चलचित्र ‘कोहिनुर’ साउन २३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.