कमला नदीको तटबन्ध भत्किदा कैयौं वस्ती डुबानमा

सिरहा, २९ साउन । कमला नदीको तटबन्ध भत्किदा सिरहाको पश्चिमी गाविस सारश्वर लगायतका स्थान डुबानमा परेका छन् ।
दुई दिनदेखि परेको वर्षाले कमला नदीमा आएको बाढीले पूर्वी तटबन्ध भत्काएपछि सिरहा, सारश्वरको १ र २ नम्बर वडाका ६० घर डुबानमा परेको स्थानीय विमल गुप्ताले जानकारी दिएका छन् ।बाढीले गाउँ डुबानमा परेपछि अन्नपात र धनमाल नोक्सान भएको छ भने गाउँलेहरु विस्थापित भएका छन् ।“आज बिहान ६ बजे आएको बाढीले गाउँ डुबायो, यहाँ भागाभाग छ ,” गुप्ताले भने । गाउँ डुबानमा पर्दा पनि चारजना प्रहरीबाहेक उद्दारका लागि कोही नआएको गुप्ताले गुनासो गरे 
मन्दिरमा पूजा गर्न पुगेकी स्थानीय ६० वर्षीया महिला घाइते भएकी र अरु के कति क्षति भएको छ भन्ने अझै थाहा भइनसकेको स्थानीय देवेन्द्र यादवले जानकारी दिए ।
सिरहाका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले बाढीले गाउँ बगाएको सूचना पाएको र प्रहरी परिचालन गरिसकेको बताएका छन् ।
उनले भने, “कमलाको पूर्वी तटबन्ध नै भत्काएको सूचना पाएकाले चिकना, विष्णुपुर प्ररा, भोक्राहा लगायतका गाउँ पनि डुबानमा परेका छन् । सबै ठाउँमा उद्धारका लागि प्रहरी परिचालन गरिसकेका छौँ ।”

1 comments

Best casinos in the world to play blackjack, slots and video
hari-hari-hari-hotel-casino-online-casinos-in-us · gri-go.com blackjack (blackjack) · roulette (no herzamanindir Blackjack Video goyangfc.com Poker · Video Poker · septcasino Video Poker · Video poker

Write Down Your Responses

Powered by Blogger.