श्रीमानसँग झगडाभएपछि नावालक छोरालाई पिठ्युमा बोकेर झुण्डिन महिला

जिल्लाको खप्तड–४ की २१ वर्षीया कला बिकले एक वर्षीय छोरा पिठ्युमै झुण्ड्याएर घरदेखि टाढा जंगलमा आत्महत्या गरेको प्रहरी जानकारी दिएको छ। पति रुप बिकसँग झगडा हुँदा छोरालाई लिएर साउन २२ गते घरबाट हिँडेकी कला छ दिन पछि मंगलबार रुखमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
पतिसँग झगडा हुँदा छोरा बोकेर हिँडेकी उनलाई माईती घर गएको भन्ने सोचेर बसेका परिवारले माईती घरमासमेत नभएको भन्ने खबर पाएपछि दुबै पक्षले खोजबीन गर्दा माईती पक्षले जंगलमा भेटाएको जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेन्द्र शाहीले जानकारी दिए।आमा र छोरा दुबैको शव सडेकोले गाउँमै दाहासस्कार गरिएको पति रुपले जानकारी दिए। छोरा आमाको पिठ्युमा कपडाले झुण्ड्याएको अवस्थामा भेटिएकाले भोकले मरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । साउन ११ गते पनि अछामको ढाँकु–३ की एक महिलाले एक वर्षीय छोराको घाँटीमा डोरीले कसेर आफूले पनि झुण्डिएर आत्महत्या गरेकी छिन् ।
0 comments
Write Down Your Responses