बेच्न भारत लाँदै गरेकी युवतीको उद्दार

२८ साउन, भैरहवा । रुपन्देही प्रहरीले सिमानाका बेलहियाबाट भारतमा बेच्न लाँदै गरेकी एक युवतीसहित दुई दलाललाई पक्राउ गरेको छ ।
सीमानाकाबाट भारत कटाउन लागेको अवस्थामा दुई दलाललाई पक्राउ गरी युवतीको उद्धार गरिएको हो ।
पक्राउ पर्नेहरुमा नुवाकोटको शिखरबेशी-६ का १९ वर्षीय कृष्ण तामाङ र सोही जिल्लाको रालुकादेवी -३ का २६ वर्षीय सञ्चा तामाङ छन् ।
सीमामा साना हातहरु नेपालका कर्मचारीले शंका लागि युवतीसँग सोधपुछ गर्दा काठमाडौंबाट हेटौँडा जान लागेको बताएपछि इलाका प्रहरी कार्यालय बेलहियालाई जानकारी गराएलगत्तै युवाहरुलाई पक्राउ गरिएको हो । घरको लालपुर्जा लिन हेटौंडा जाँदा विश्वासिलो युवती चाहिने भन्दै काठमाडौंबाट हिँडाइएकी युवतीलाई रुपन्देहीको सीमानाका बेलहिया हुँदै भारतमा बेच्न लाँदै गरेको अवस्थामा उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।
पक्राउ परेका युवामाथि मानव बेचबिखन तथा ओसारपसार अभियोगमा मुद्दा दर्ता गर्न अनुसन्धान जारी रहेको अनुसन्धान अधिकृत क्षेत्रीले बताए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.