गाविस सचिवका कारण युवकको शव विदेशमा अलपत्र

एक महिनापूर्वमात्रै वैदेशिक रोजगारीका लागि साउदी गएका युवक मण्डल साउन २० गते राति साथीहरुसँग सुतेकामा भोलिपल्ट मृत अवस्थ्ाा फेला परेका थिए । युवक मण्डलको मृत्युको खबरपछि परिवारजनले मृतक युवकको शव मगाउन खोज्दा मृत्युदर्ता प्रमाणपत्र आवश्यक रहेको र गाविस सचिव चौधरीले त्यस्तो प्रमाणपत्र नबनाइदिएपछि मण्डलको शव विगत एक सातादेखि साउदीबाट आउन नसकेको कुरा उनकी पत्नी प्रमिलादेवी मण्डलले बताएकी छिन् ।
सुरुमा सचिव चौधरीले आलटाल गरेर टारे भने पाँचदिनदेखि उनी गाविसको कार्यालयमा समेत आउन छाडेका छन् । उनलाई फोन गर्दा फोन पनि उठाउन छाडेको मृतकका दाजु विकरु मण्डलले बताए । सचिव चौधरीको अत्तोपत्तो नरहेको र फोनसमेत उठाउन छाडेपछि पीडित मण्डल परिवार आफ्ना समस्या लिएर मंगलवार जिल्ला सदरमुकामस्थित सचिवहरुको मुख्य कार्यालय जिल्ला विकास समितिमा आइपुगेका छन् । उनीहरुले आजै स्थानीय सञ्चारकर्मीहरुमाझ आफ्ना पीडा सुनाएका छन् ।
स-साना तीन छोरी र एक छोराका पिता मण्डल एक महिना अघि रु एक लाख ५० हजार ऋण काढेर वैदेशिक रोजगारीमा गएका थिए । रासस
0 comments
Write Down Your Responses