मलेशियामा नेपाली अपहरण गरी फिरौती लिने चितवनमा पक्राउ

गौलीसहित ६ जनाको समूहले गत जेठ ४ गते रोजगारीका लागि मलेशिया पुगेका रामप्रसाद नेपाललार्इ मलेसियाको कोताराया भन्ने ठाउँबाट अपहरण गरेको थिए । गौली योजनाकार भएको प्रहरीको दाबी छ ।
गौलीको समूहले भक्तपुरका रामप्रसादलार्इ ५० जना भन्दा बदि कामदारहरूको डिमाण्ड छ, छलफल गरौं भनि बोलाई कोतारायाबाट अपहरण गरेका थिए । नेपाललाई आँखामा पट्टी तथा हात खुट्टा बाँधेर जोहरबारूस्थित जंगलको बिचमा रहेको बस्तीमा लगेर ५ दिनसम्म स्टोर रूममा बन्धक बनाएको प्रहरी अनुसन्धानले देखाएको छ ।
अपहरणकारीहरूले नेपालको अफन्त घर परिवारलार्इ फोन गरी ६५ लाख माग गरेको र नगद नदिएमा ज्यान मार्ने धम्की दिएका थिए । ६५ लाख दिन नसक्ने भनेपछि ३० लाखमा कुरा मिलेको र रामप्रसादका काठमान्डाैंमा रहेका अफन्तले रकम मनि ट्रन्सफरमार्फत मलेशियामा अपहरणकारीको खातामा नगद जम्मा गरेका थिए ।
अपहरणकारीहरूले २२ लाख पाएपछि जोहरबारूबाट शहर लाने क्रममा अपहरणकारीहरू चढेको गाडी दुर्घटना भएपछि रामप्रसाद भगेर नेपाल फर्किएका थिए । नेपाल आएपछि उनै रामप्रसादले दिएको जाहेरीको आधारमा प्रहरीले गौलीलार्इ पक्राउ गरेको हो ।
0 comments
Write Down Your Responses