भान्छा छोएको निहुँमा युवकमाथि बञ्चरो प्रहार लोकनाथ घिमिरे
प्रहारबाट युवक गम्भीर घाइते भएका छन् ।
विवाह भोजमा भान्छा छोएको भन्दै खार्मी–४ का २८ वर्षीय राजन दाहाल लगायत चारजनाको समूहले बञ्चरो प्रहार गर्दा खार्मी–५ का २३ वर्षीय पूर्णबहादुर श्रेष्ठ गम्भीर घाइते भएका हुन् ।स्थानीय टंक बुढाथोकीको विवाहमा बुढाथोकी समुदायका लागि तयार गरिएको भान्छा छोएको आरोपमा श्रेष्ठलाई बञ्चरो प्रहार गरिएको हो ।
बञ्चरो प्रहारबाट पिठ्यू र दायाँ पाखुरामा गहिरो चोट लागेका श्रेष्ठको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । बञ्चरो प्रहार गर्ने चारैजना फरार रहेका प्रहरीले जनाएको छ ।
0 comments
Write Down Your Responses