एक महिलाले एकै पटक चार बच्चा जन्माइन

स्थानीय पोठियाही गाविस–८ बस्ने मधुदेवी यादवले सोमबार पहिलो गर्भबाट दुई छोरा तथा दुई छोरी
जन्माएको वीरगन्जस्थित नेसनल मेडिकल कलेजले जनाएको छ ।
नवजात शिशुको तौल ५०० देखि ७०० ग्राम रहेको छ । शिशुको अवस्था चिन्ताजनक रहेकाले सो अस्पतालमा राखेर बच्चाको स्याहार भइरहेको बच्चाका पिता राजेश यादवले बताउनुभयो ।उहाँले आर्थिक अवस्था कमजोर भएका कारण कसरी लालनपालन गर्ने भनी समस्या भएको बताउनुभयो ।उता ती बच्चाको विशेष उपचारमा संलग्न चिकित्सकहरुले सामान्यतया नवजात शिशुको तौल दुई किलोग्राम हुनुपर्नेमा ती बच्चाको तौल कम भएकाले समस्या देखिएको बताएका छन् ।
0 comments
Write Down Your Responses