पूर्वाञ्चलका पूर्वउपकुलपतिसहित १० विरुद्ध भ्रष्टाचारको मुद्दा
२२ साउन, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालय पूर्वउपकुलपति
जगतबहादुर केसी र प्रा. डा. रामावतार यादवसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।उपकुलपति केसी र यादव, तत्कालीन रजिष्ट्रारहरु भोगेन्द्र प्रसाद उपाध्याय र सन्जेश प्रसाद कोइराला, तत्कालीन डिनहरु खेमराज कैनी र प्रा. डा. प्रदीपराज प्रधान, तत्कालीन आर्थिक प्रमुख भुपेन्द्रप्रसाद खनाल, वरिष्ठ अधिकृत नारायणप्रसाद दाहाल तथा प्रशासकीय अधिकृत सुकेश कर्ण समेत १० जनाविरुद्ध मुद्दा दायर भएको हो ।यस्तै भारतीय कम्पनी इन्ट्रुमेन्टस एण्ड केमिकलविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले वजाएको छ ।विश्वविद्यालयको मेडिकल प्रयोगशालाको उपकरण र फर्निचर आपूर्ति एवं जडानका लागि इन्ट्रुमेन्टस एण्ड केमिकल प्रालीसँग भएको करार सम्झौतामा उल्लेखित बाध्यात्मक शर्तहरू समेतलाई बेवास्ता गररी खरिद गरेको र विश्वविद्यालयलाई वदनियत पूर्वक हानि नोक्सानी पुर्याएको अख्तियारको दाबी छ ।
अख्तियारले एक करोड २१ लाख १८ हजार ८३४ रूपैयाँ ८८ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदै सम्मको सजाय माग गरेको छ । साथै उपकुलपतिदेखि विशिष्ट श्रेणी सम्मका पदाधिकारीहरुको हकमा ऐनको दफा २४ अनुसार थप सजायको पनि माग गरिएको छ ।
0 comments
Write Down Your Responses