बस दुर्घटनामा २ मृत्यु, ३८ घाइते

सप्तरी, श्रावण २६ । सप्तरीको त्रिकोल गाविस वडा नम्बर ८ मा पर्ने पूर्वपश्चिम लोकमार्गमा आज दिउँसो भएको बस दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । जनकपुरवाट विराटनगरतर्फ जाँदै गरेको
ना३ख ३८७९ नम्बरको एकता ट्राभल्सको यात्रुबाहक बसलाई ओभरटेक गर्ने क्रममा अचानक अनियन्त्रित भइ पल्टिंदा दुईजनाको मृत्यु भएको हो ।मृत्यु हुनेहरुमा वैरबा गाविस वडा नं १ की खखरीदेवी राम रहेकी छन् भने अर्को एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा ३८ जना यात्रु घाइते भएका छन् ।घाइते यात्रुहरुको वीपी कोइराला शिक्षण अस्पताल धरान तथा धर्मेश्वर अस्पताल धर्मपुरमा उपचार भइरहेको छ । बसका चालक भने फरार रहेका छन्
0 comments
Write Down Your Responses