नायक श्रीकृष्णको अन्तिम विदाइ
श्रेष्ठको आजै सरकारी सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ । गृह मन्त्रालयले श्रेष्ठको
अन्त्येष्टिमा १० प्रहरीले सलामी दिनेछ ।
श्रेष्ठको शनिबार राति दिल्लीस्थित गंगाराम अस्पतालमा निधन भएको थियो
२६ साउन, काठमाडौँ । उपचारका क्रममा भारतमा निधन भएका नायक श्रीकृष्ण श्रेष्ठको शव काठमाडौं ल्याउँदा कालाकार तथा समर्थकको आँखा रसाए । उनको पार्थिव शरीरलाई एयरपोर्टबाट तिनकुने, नयाँबानेश्वरमाइतिघर हुँदै प्रज्ञा प्रतिष्ठान कमलादी पुर्याइएको छ । उनको पार्थिव शरीर ल्याउने खबर पाएपछि कलाकारदेखि शुभचिन्तक विमानस्थल पुगेका थिए । उनीहरु शवयात्रामा सहभागी भएका छन् ।
श्रेष्ठको आजै सरकारी सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ । गृह मन्त्रालयले श्रेष्ठको अन्त्येष्टिमा १० प्रहरीले सलामी दिनेछ । श्रेष्ठको शनिबार राति दिल्लीस्थित गंगाराम अस्पतालमा निधन भएको थियो ।
0 comments
Write Down Your Responses