बसभित्र अनुचित कार्य गर्ने ७ किशोरकिशोरी पक्राउ

२६ साउन, इलाम । इलाम नगरपालिकास्थित बसपार्कमा मध्यरातमा बसभित्रै अनुचित क्रियाकलाप गर्दै गरेका सात जना किशोरकिशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बसपार्कमा पार्किङ गरी राखिएको एउटा बसभित्र तीन जना किशोर र चार जना किशोरीलाई मध्यरातमा नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक अनुपमशमशेर राणाले बताए । नियन्त्रणमा लिइएका किशोरीहरु १२ देखि १४ वर्ष उमेर समूहका छन् भने १६ वर्षका किशोरहरू भने  बसमा सहचालकको काम गर्ने हुन् ।बसमा तोङ्वा खाँदै उच्छृङ्खल गतिविधिमा संलग्न रहेका ती किशोरकिशोरीलाई प्रहरीको गस्ती टोलीले राति १२ बजे तोङ्वासहित पक्राउ गरेको हो । पक्राउ पर्ने किशोरमा लक्ष्मण तामाङ, सन्तोष तामाङ र अर्जुन आलेमगर रहेका छन् ।
कम उमेर समूहका किशोरकिशोरी रहेकाले उनीहरूविरूद्ध मुद्दा चलाएर थप अनुसन्धान अगाडि बढाउन नसकिएको राणाले बताए । बसपार्क र धोवीधारा क्षेत्रमा किशोरकिशोरीको उच्छृङ्खल क्रियाकलापबारे यसअघि पनि इलाम नगरपालिका कार्यालयले जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्ने गरेको थियो । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.