बस दुर्घटनामा एकको मृत्यु, तीस घाईते

गाईघाटबाट आँपटारको फोक्सिन्टार तर्फ जाँदै गरेको ना.३.ख ४४५९ नम्बरको पाथिभरा ट्राभल्स साउनेको १६ नम्बर घुम्ति हाडेथुम्कीमा दिउँसो १ बजे दुर्घटना भएको हो । ढोकाको छेउमा च्यापिएका चौलागाईको शव झण्डै तीन घण्टापछि प्रहरी र बसका कर्मचारीले बसबाट निकालेका थिए । दुर्घटनामा घाईते भएकामध्ये तीनको अवस्था गम्भीर छ । गम्भीर घाईते त्रियुगा नगरपालिका २७ बर्षीय भुपाल घिमिरे, जाँते गाविसका २८ बर्षीय बिमला कार्की र पोखरीका दलबहादुर रानालाई थप उपचारका लागि जिल्ला वाहिर पठाइएको जिल्ला अस्पताल उदयपुरले जनाएको छ । बाँकी सबैको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । क्षमताभन्दा बढि लोड बोकेका कारण ब्रेकले काम नगर्दा दुर्घटना भएको घाईतेहरुले बताएका छन । बस सडक किनारामा पल्टिएको थियो
0 comments
Write Down Your Responses