अभिनेता श्रीकृष्ण बोल्न नसक्ने अवस्थामा

काठमाडौँ, २२ साउन । करिब २५ दिन अघि देखि निमोनिया र फोक्सोमा पानी जमेका कारण दिल्ली स्थित एपोलो अस्पातलमा उपचारार्थ अभिनेता श्रीकृष्ण श्रेष्ठको अडियो संदेश सार्वजनिक भएको छ । उक्त अडियो
सन्देशमा उनकी पत्नी अभिनेत्री स्वेता खड्का पनि बोलेकी छिन् ।फिल्मीबजारमा अनेकन हल्लाहरु चल्न थाले पछी उनीहरुले अडियो संदेश सार्वजनिक गरेका हुन् । उक्त अडियो संदेशमा स्वेता पनि निकै नभर्स र भावुक किसिमले नै बोलेको भान हुन्छ भने श्रीकृष्ण बोल्न नसकी नसकी जबर्जस्ति बोलेका छन् ।
यो अडियो संदेश सार्वजनिक गर्नु भन्दा भिडियो संदेश सार्बजनिक गरेको भए श्रीको स्वास्थ अवस्था बारे स्पस्ट हुने थियो । अडियो संदेश मात्र सार्बजनिक गर्नुले श्रीको अबस्था अझै नाजुक हुन सक्ने अनुमान गर्न सकिन्छ ।
भोलि देखि रिलिज हुने यी दुइको फिल्म ‘कोहिनुर’ श्री नेपाल फर्कन नसक्दा आज गर्ने भनिएको प्रिमियर समेत रोकिएको छ । तर रिलिजको बिहानी शोमा बिशेष सो गरिने निर्देशक आकाश अधिकारीले बाताए ।
0 comments
Write Down Your Responses