ओमान बाट मीनाकला अधिकारीको उद्धार
मिनाकला आफ्नो परिवारका साथ |
२३ जेठ २०७० मस्कट
बैदेशिक रोजगारीका लागी खांडी मुलुक ओमान पुगेर बिचल्लीमा परेकी नरपानी ७ अर्घाखाचीकी मीनाकला अधिकारी ५ महिना पछी थुना मुक्त भई सकुसल स्वदेश फर्कीएकी छन । मीनाकला अधिकारीले साउदी दुतावासका ओमान प्रतिनिधी तथा ओमान स्थीत नेपाली संघ संस्थाहरु लगाएत प्रवाशी नेपालीहरु संग उद्धारका लागी अपिल गरेकी थिईन । अपील गरे वाफत ओमानका लागी साउदी दुतावासका प्रतिनिधी दिपक श्रेष्टले ट्रव्वल ट्राभल डकुमेन्ट प्रदान गरेका थिए तथा ओमानका ६ ओटै नेपाली संघ संस्थाहरु नेपाली समाज ओमान, ओमान नेपाली एकता समाज, गैर आवाशीय नेपाली संघ ओमान, सगरमाथा समूह ओमान,बूद्ध भिजन ओमान तथा नेपाली महीला समूह ओमानले संयूक्त्त रकम संकलन गरी हवाई टिकटको बेबस्ता गरी मद्दत गरेका थिए साथै प्रवाशी नेपालीहरुले मिनाको उद्धारका लागी चन्दा संकलन गरेर मिनाकला अधिकारी लाई निकाल्न सफल भएको हो । घरेलु कामदार का लागी दुवाई जाने भनेर दलाललाई मोटो रकम बुझाएर यु.ए.ई. पुगेकी मिनालाई यु.ए.ई मा रहेको "रोशनी मेनपावर" मार्फत् ओमानको सोहार नगरमा पठाईयो, गत २०६७ मा ओमान आएकी मिनालाई वेतन नपाउने देखी लिएर आफुले सोचे बिपरित काम गर्नुपर्ने अनि दैनिक जसो मानसिक अनि शारिरीक पिडा खेप्नुपर्ने अनि घर मालिकको दैनिक जसो चरम मानसिक दुब्र्यबहार खप्न नसकेकी मिना अन्तयमा गएर बिरानो प्रदेशमा कामै छाडेर बेवारिसे तरिकाले भाग्न बाध्य भएको बेदना उनले गह भरी आसु झार्दै बताईन् । खाडी मुलूकहरु मा नेपाली चेलीवेटीहरु को बिचल्लि तथा मृत्यूका समाचारले आफ्नो छोरी घर फर्कला भन्ने कुनै आशा नभएको र कहिलै छोरीको मुख देख्न पाउदैन की भनेर दिन रात रुदै बसेकी मिनाकी आमाले अचानक छोरीलाई आँखा साम्मु पाउंदा अंगालोमा च्यांपी भकानो छाड्दै आमा छोरी रोएका थिए । आफुले आशा छोडी सकेकी छोरीलाइ सकुसल घरमा पुग्न सफल गराई दिएकोमा ओमान स्थित सम्पुर्ण नेपाली संघ संस्थाहरु लगाएत प्रवाशी नेपालीहरु लाई धन्यावाद ज्ञापन गरेकी छिन ।
@शालीकराम आचार्य ओमान, मस्कट
0 comments
Write Down Your Responses