जनयुद्धको जगमा जनविद्रोह
काठमाडौं, २९ पुस । दीर्घकालीन जनयुद्धमै जान अधिकांश प्रतिनिधि पर्यवेक्षकले सुझाए पनि नेकपा-माओवादीले तत्कालका लागि 'जनयुद्धको जगमा जनविद्रोह'को कार्यदिशा अंगीकार गर्ने निर्णय लिएको छ । माओवादीको महाधिवेशनको बन्दसत्रले नेपालमा अझै पनि जनयुद्धको सम्भावना प्रबल रहेको ठहर गरेको हो । पार्टीको सातौँ महाधिवेशनमा सहभागी प्रतिनिधि र प्रर्यवेक्षकले पार्टीको भावी कार्यदिशाबारे स्पष्ट गर्न माग गरेपछि शनिबार पार्टीका शीर्ष नेताहरूले तत्कालीन कार्यदिशाबारे जानकारी गराएका हुन् । महाधिवेशन प्रतिनिधिको सुझाब सुनेपछि पार्टी अध्यक्ष मोहन वैद्य किरणले आन्दोलनको बलमा जनविद्रोह गर्ने र जनविद्रोहमा अवरोध आए जनयुद्धमा र्फकने तर कसैसँग पनि कुनै पनि हालतमा सम्झौता नगर्ने बताएका छन् ।
यो कार्यदिशा संक्रमणकालीन हुने भन्दै नेताहरूले महाधिवेशनमा उठेका जिज्ञासाहरू समेटेर नयाँ केन्द्रीय समितिले कार्यदिशालाई अन्तिम रूप दिने बताएका छन् । पार्टीले अगाडि सारेका जनजीविका, राष्ट्रियता र जनगणतन्त्रका जिज्ञासाहरू समेटेर नयाँ केन्द्रीय समितिले कार्यदिशालाई अन्तिम रूप दिने बताएका छन् ।
पार्टीले अगाडि सारेका जनजीविका, राष्ट्रियता र जनगणतन्त्रका मुद्दा उठाउँदै जाने र राज्यले त्यसलाई हल नगरे थप संघर्ष गर्ने पार्टीका नेताहरूले बताएका छन् । बिहीबारबाट राजधानीको प्रज्ञा भवनमा सुरु भएको माओवादी बन्दसत्रमा कार्यकर्ताहरूले संसदीय राजनीतिलाई आत्मसात् गर्ने भए पार्टी फुटको औचित्य नभएको भन्दै नेतृत्वलाई दबाब दिएपछि आइतबार बोल्ने अधिकांश नेताहरूले कार्यकर्ताको भावनाको सम्बोधन हुने भन्दै जनयुद्धको बलमा जनविद्रोहमा जाने बताएका थिए ।
बन्दसत्रले पार्टी अध्यक्ष किरणको राजनीतिक प्रस्ताव संशोधनसहित आइतबार नै पारित गरेको छ । यसअघि पार्टीले अगाडि सारेको राजनीतिक कार्यदिशालाई नै तत्कालीन कार्यदिशा बनाउने भएको छ । महाधिवेशनपछि भने नयाँ केन्द्रीय समितिको बैठकले महाधिवेशनमा आएका सझुाबसमेत समेटेर कार्यदिशा स्पष्ट गर्नेछ ।
पार्टी अध्यक्ष किरणले नेपालजस्तो अर्धऔपनिवेशक देशमा जनयुद्ध अझै पनि सम्भव भएको भन्दै त्यसका लागि पार्टी सशस्त्र संघर्षमा समेत जाने बताएका छन् । उनले वर्तमान संकटलाई क्रान्तिमा बदल्नुपर्ने बताएका छन् । किरणले सरकारसमक्ष राखेका ७७ बुँदे मागलाई सशक्त ढंगले उठाउने र सरकारको भूमिकाको आधारमा संघर्षको रूप तय गर्ने जवाफ कार्यकर्तालाई दिएका थिए । किरणको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'नेपालजस्तो अर्धऔपनिवेशिक देशमा क्रान्ति सम्भव छ, हामी जनयुद्धको बलमा जनविद्रोहमा जान्छौँ, त्यसका लागि तपाईंहरू तयार हुनुहोस् ।'
'हामीले सबै बाटालाई खुला राखेका छौँ, विगतमा नेतृत्वले धोका दिए पनि क्रान्ति अघि बढ्छ, हामी क्रान्तिलाई निष्कर्षमा पुर्याउँछौ, कुनै हालतमा धोका भने दिँदैनौ,' किरणको भनाइ उद्धृत गर्दै एक कार्यकर्ताले भने ।
बन्दसत्रमा उपाध्यक्ष सिपी गजुरेलले अन्तर्राष्ट्रिय परिस्थिति पनि फेरिएको भन्दै जनविद्रोहमै जाने बताएका थिए । भारतीय विस्तारवादसमेत सहभागी हुँदा पनि नेपालमा सरकार बन्न नसकेको भन्दै गजुरेलले अन्तर्राष्ट्रिय जगत् पनि विभाजित भएको दाबी गरेका थिए । 'विदेशी प्रतिक्रियावादीहरू पनि यतिवेला विभाजित छन्, जनताका मुद्दालाई अघि सारेर संघर्षमा गयौँ भने विजय कसैले रोक्न सक्दैन,' गजुरेलले बन्दसत्रमा भने ।
महासचिव रामबहादुर थापा बादलले क्रान्तिका लागि सेना, पार्टी र संयुक्त मोर्चा आवश्यक भएको भन्दै आफूहरू बृहत् पार्टी निर्माणमा लागेको बताएका थिए । 'क्रान्तिका लागि बृहत् पार्टीको आवश्यकता हुन्छ, हामी बृहत् पार्टी निर्माणको अभियानमा जुटेका छौँ,' बन्दसत्रमा बादलले भने ।
बन्दसत्रमा सचिव नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड बाबुरामले क्रान्तिप्रति धोका दिए पनि आफूहरूले क्रान्ति गरेर नै छोड्ने प्रतिबद्धता जनाएका छन् । उनले जनयुद्ध र जनविद्रोहबारे भने केही बोलेनन् । स्रोतका अनुसार पार्टीको कार्यदिशमा विप्लवको असहमति भए पनि उनले फरक मत भने ल्याएनन् । उनले आफूहरूसँग अहिले पनि करिब ६ हजार जनमुक्ति सेना, आधार इलाका अझै बाँकी रहेको र क्रान्तिकारी जनता पनि आफूसँग भएकाले पनि क्रान्ति सम्पन्न हुने दाबी गरेका थिए ।
विप्लवले क्रान्तिका लागि परिस्थिति हिजोभन्दा बलियो भएकोसमेत बताएका थिए । 'नेताहरूले धोका दिएर मात्र हो, हिजो क्रान्तिका लागि योभन्दा कमजोर स्थिति थियो, अहिले हामीसँग सबै चिज छ, त्यसैले क्रान्ति अझै पनि सफल पार्न सकिन्छ,' सचिव विप्लवको भनाइ उद्धृत गर्दै एक कार्यकर्ताले नयाँ पत्रिकासँग भने ।
महाधिवेशनमा भाग लिन आएका नेकपा-माओवादीका कार्यकर्ताले पार्टीको कार्यदिशा स्पष्ट पार्न नेतृत्वसँग माग राखेपछि टोलीनेताले दीर्घकालीन जनयुद्धलाई कार्यदिशा बनाउने आवाज आएको बताएका थिए । राजनीतिक प्रतिवेदनमाथि अध्यक्ष किरणले जवाफ दिनुपूर्व पार्टी उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा बादल र सचिवद्वय देव गुरुङ एवं नेत्रविक्रम चन्द विप्लवले राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखेका थिए । आइतबार सकिने भनिए पनि राजनीतिक प्रतिवेदनमाथिको छलफल नसकिएपछि महाधिवेशन सोमबार मात्र सकिने भएको छ । राजनीतिक, सांगठनिक र विधान प्रतिवेदन पारित भएपछि सोमबार नयाँ नेतृत्व चयन गर्दै महाधिवेशनको समापन गरिनेछ ।
माओवादीले पारित गरेको प्रस्तावमा संघीयता एकल र बहुल पहिचानका आधारमा नभई उत्पीडित राष्ट्रियताका आधारमा हुनुपर्ने उल्लेखसमेत गरेको छ । माओवादीले साम्राज्यवाद एकधुव्रीय रहेको भन्ने भनाइ गलत साबित भएको भन्दै साम्राज्यवाद बहुधुव्रीय हुँदै गएको निष्कर्ष पनि निकालेको छ ।
विदेशी प्रतिक्रियादी शक्ति लाग्दा पनि राजनीतिक निकास निस्कन नसकेको भन्दै माओवादीले तत्काल राजनीतिक निकासका लागि संघर्षमा जानुको विकल्प नभएको निष्कर्ष निकालेको हो । माओवादीले अहिलेको मुख्य अन्तर्विरोध भारतीय विस्तारवाद रहेकोसमेत निष्कर्ष निकालेको छ ।
समग्र मुक्ति आन्दोलनको अन्तर्विरोध भारत रहेको निष्कर्ष निकाल्दै माओवादीले त्यसको स्वदेशी दलाल एकीकृत माओवादीको नेतृत्वमण्डली भएको आरोप लगाएको छ । उसले वर्तमान सरकारमा रहनेसँग मुख्य लडाइँ हुने पनि जनाएको छ । साथै माओवादीले जनयुद्धकालीन मुद्दा आफ्ना कार्यकर्तामाथि लगाउने काम नरोके जनअदालत ब्युँताएर अरूलाई पनि कारबाही गर्ने निर्णय गरेको छ ।
केन्द्रीय सदस्यका लागि विभिन्न राज्य समितिबाट नाम मागिने र त्यसमा छनोट गरी अनुमोदनका लागि महाधिवेशनको हलमा पेस गरिने माओवादी नेताहरूले जनाएका छन् । हाल पार्टीमा ४२ सदस्यीय केन्द्रीय समिति छ ।
विगतमा केन्द्रीय सदस्य विस्तारको प्रयास भए पनि प्रत्याशी धेरै भएपछि महाधिवेशनसम्मका लागि रोकिएको थियो । माओवादी महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार नै सकिने बताइएको छ ।

नेतृत्व आज टुंगो लाग्ने
नेकपा-माओवादी महाधिवेशनले सोमबार मात्र पार्टीको नयाँ नेतृत्व चयन गर्ने भएको छ । पार्टीले ७५ सदस्यीय पूर्ण र २५ वैकल्पिकसहित सय केन्द्रीय सदस्यको घोषणा गर्नेछ ।केन्द्रीय सदस्यका लागि विभिन्न राज्य समितिबाट नाम मागिने र त्यसमा छनोट गरी अनुमोदनका लागि महाधिवेशनको हलमा पेस गरिने माओवादी नेताहरूले जनाएका छन् । हाल पार्टीमा ४२ सदस्यीय केन्द्रीय समिति छ ।
विगतमा केन्द्रीय सदस्य विस्तारको प्रयास भए पनि प्रत्याशी धेरै भएपछि महाधिवेशनसम्मका लागि रोकिएको थियो । माओवादी महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार नै सकिने बताइएको छ ।
0 comments
Write Down Your Responses