अष्ट्रेलियामा हमालको ५० औं जन्मदिन
नेपाली सिनेमाका चर्चित नायक राजेश हमालको यसपटकको जन्मदिन अष्ट्रेलियामा बिशेष कार्यक्रमको
आयोजना गर्दै मनाइने भएको छ । नायक राजेश हमाल ५० बर्षमा पुगेको अवसरमा अष्ट्रेलियामा बिशेष कार्यक्रम आयोजना गर्न लागिएको हो । हमालको जन्मदिनमा आयोजना हुने बिशेष कार्यक्रममा गायक राजेशपायल राई र गायिका अन्जु पन्तको पनि विशेष प्रस्तुती रहनेछ ।
नायक राजेश हमाल सन् २०१४ जुन ९ तारिखमा ५० बर्षमा लाग्दैछन् । उसो त हमालको उमेर ५२ बर्ष पुगिसकेको समाचार मिडियामा नआएका होइनन् । अष्ट्रेलियाको सिड्नी शहरमा हमालको जन्मदिन मनाइने भएपछि विशेष चासो र चर्चा पनि सुरु भएको छ ।
जेठ १० गते बिहे गर्न लागेका नायक हमालले आफ्नो जन्मदिनमा प्रेमिका मधु भट्टराइलाई सहभागी गराउँछन् या गराउँदैनन्, यो भने हेर्न बाँकी नै छ । सिड्नीको मराना अडिटोरियममा कार्यक्रम आयोजना हुनेछ । नेपालीटच डट कमले कार्यक्रम आयोजना गर्न लागेको हो । हमालको जन्मदिन जुन ९ मा भएपनि यसको एक दिन अघि कार्यक्रम आयोजना गर्न लागिएको हो ।

0 comments
Write Down Your Responses