बालुवाटारबाट पक्राउ परेका अधिकारकर्मीहरु रिहा(अपडेट)

गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या अनुसन्धान माग गर्दै बालुवाटारमा धर्ना गर्दा पक्राउ परेका अधिकारकर्मीहरुलाई प्रहरीले रिहाई गरेको छ। १६ जाना अधिकारकर्मीहरुलाई केहि घन्टा कमलपोखरी वृत्तमा राखेर ११ बजे रिहा गरिएको छ।
 रिहाई लगत्तै उनीहरु वीर अस्पतालमा उपचाररत कृष्णप्रसादका आमाबाबु नन्दप्रसाद र गंगालाई भेट्न वीर अस्पताल पुगेका थिए। 
 हत्याको छानबिनबारे गृहमन्त्री माधव घिमिरेले मानवअधिकार आयोगलाई दिएको जवाफ आधुनिक राज्य व्यवस्थालाई नै अवहेलना गरेको भन्दै अधिकारकर्मीहरु तातेका हुन्। 
 'गृहमन्त्रीले सर्वोचचको निर्णय र नेपालको कानूनको बर्खिलाप अभिव्यक्ति दिएका छन्,' नागरि अगुवा कनकमणि दिक्षितले भने, 'अधिकारी परिवारलाई न्याय दिलाउन हामीले निषेधित क्षेत्र तोडेकै हौं।'
 कृष्णप्रसादको हत्या अनुसन्धानबारे छलफल गर्न आयोगले बुधवार गृहमन्त्रीलाई छलफलका लागि डाकेको थियो। आतंककारी तथा विध्वंसात्मक कार्य नियन्त्रण ऐन, मन्त्रिपरिषद् तथा महान्यायाधिवक्ताको २०६३ को निर्णयले यस्ता घटनाको छानबिन गर्न बाधा पुर्‍याएको पष्टिकरण घिमिरेले दिएका थिए। 
 कृष्णप्रसादको १८ वर्षको उमेरमा २०६१ साल जेठ २४ गते माओवादीले निर्मम हत्या गरेका थिए। हत्याको छानबिन माग गर्दै अनसन बसेका बाबुआमा मरणसन्न भएपछि अघिल्लो साता अस्पताल भर्ना भएका छन्। दिक्षित, मानवअधिकारीवादी चरण प्रसाई, सुदीप पाठक, सुरेश भट्ट, सावित्री श्रेष्ठ लगायत वालुवाटारबाट पक्राउ परेका थिए ।
माओवादीको सशस्त्रद्वन्द्वको समयमा हत्या गरिएका गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या घटनाको छानविनको माग गर्दै आन्दोलनमा उत्रीएका अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटार नजिकै प्रदर्शन गर्न पुगेका १६ अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ४ महिला र १२ पुरुष रहेको प्रहरीले जनाएको छ ।
गिरफ्तारमा परेका अधिकारकर्मीलाई प्रहरी वृत कमलपोखरीमा राखिएको छ ।
छोराको हत्यारालाई कारावहीको माग गर्दै नन्दप्रसाद र गंगामाया अधिकारी दम्पत्ती लामो सयमदेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।
२०६१ सालमा माओवादीले अपहरण गरी छोरा कृष्णप्रसादको हत्या गरेको र २०६४ मा जग्गा कब्जा गरेको भन्दै अधिकारी दम्पती अनसनमा बसीरहेका छन् ।
उनीहरुको मागलाई समर्थन जनाउादै केही अधिकारकर्मीहरु प्रदर्शनमा उत्रेका थिए 

0 comments

Write Down Your Responses

Powered by Blogger.