अश्लील शव्द बोलेको आरोपमा स्वागत गर्न राखिएको चरा पक्राउ

सुगालाई जस्तो बोल्न सिकाइएको उक्त मैना चरालाई अह्राइएपनि त्यो चराले एकाएक पाहुनाहरुलाई फोहोर तथा अश्लील शव्द बोलेर गाली गर्न थालेपछि चिडियाखानाका अधिकारीहरु नै अचम्ममा परेका थिए । आफुहरुले उक्त चरालाई सभ्य भाषा सिकाएको भएपनि चिडियाखाना घुम्न आएका कतिपय उरन्ठेउला युवाहरुले बोलेको अश्लील शव्दको सिको चराले गरेको र सोही अश्लील शव्द बारम्बार बोल्ने गरेको अधिकारीहरुको दाबी छ ।
अश्लील शव्द बोल्ने क्रम बढेपछि उक्त चरालाई समातेर एक्लै पिञ्जडामा राखिएको छ । यो प्रजातिको चराको निकै तिक्ष्ण स्मरण शक्ति हुने र मान्छेको बोलीको सहजै नक्कल गर्न सक्ने भएकाले केही आगन्तुकले बोलेको अश्लील शव्दलाई टपक्क टिपेर बोलेको हुनसक्ने अनुमान अधिकारीहरुले लगाएका छन् । खराब बोल्ने बानी नछुटेसम्म उक्त चरा थुनामुक्त नहुने चिडियाखाना जनाएको छ ।
0 comments
Write Down Your Responses