संकटा क्लबसँग आर्मीको जित
काठमाडौं, १ माघ । जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबसँग चिभुवन आर्मी क्लबले जित हात लाएको छ । सोमबारको दोस्रो खेलमा आर्मीले संकटालाई १–० ले हराएको हो । दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफको थप समयमा आर्मीका भरत खवासले गरेको गोल नै अन्तिम बनेको हो । यो जितसँगै आर्मी १३ खेल खेल्दै २२ अंक बटुलेर छैटौं स्थानमा उक्लेको छ । संकटा भने १३ खेलमा १७ मा चित्त बुझाएर दशौं स्थानमा कायम छ ।
सोमबार भएको पहिलो खेलमा मछिन्द्रले फ्रेण्डस क्लबसँग ५–० को लज्जास्पद हार बेहोरेको थियो । मंगलबार पहिलो खेल साढे १२ बजे हिमालयन शेर्पा र जावलाखेल क्लब हुनेछ । दोस्रो खेल साढे २ बजे पुलिस र थ्रीस्टारबीच हुनेछ ।
0 comments
Write Down Your Responses