‘लेस मिजरेबल’लाई सर्वश्रेष्ठ हाँस्य/सांगीतिक फिल्मको अवार्ड
अमेरिका, १ माघ । अमेरिकाको लस एन्जेलमा भएको चमकधमकसहितको समारोह आयोजना गरी गोल्डेन ग्लोव अवार्ड दिइएको छ । सो क्रममा सर्वश्रेष्ठ हाँस्य तथा संगीतमय फिल्ममा ‘लेस मिजरेबल’लाई चुनेको छ । यसै फिलमका ह्यू जैकम्यान ले वियोगान्ततर्फ सर्वश्रेष्ठ अभिनेता तथा ऐने हेथवेले सर्वश्रेष्ठ अभनेत्रीको अवार्ड पनि हात पारेका छन् ।
जेम्स ब्यान्डका फिल्म ‘स्काईफल’ को गीतका लागि ब्रिटिस गायिका एडेल गोल्डेन ग्लोब अवार्डले सम्मानित भएकी छिन् । उनले गोल्डेन ग्लोब ट्रफी लिँदै भने– ‘म हलिउड फरेन प्रेसको धन्यवाद दिन चाहन्छु, मैलै कहिले पनि सोचेको थिइन म यसो भन्छु ।’


त्यस्तै बेल एफ्लेकका थ्रिलर फिल्म ‘आर्गो’ ले सर्वश्रेष्ठ मुभी ड्रामामा अवार्ड पायो भने यसै फिल्मबाट सर्वश्रेष्ठ निर्देशकको अवार्ड पनि हात लगायो । स्टविन स्पीलवर्गका बायोपिक फिल्म ‘लिंकन’ले भने सात नोमिनेसन पाए पनि एकमा मात्र अवार्ड हाल लगायो । ‘लिंकन’ले सर्वश्रेष्ठ अभिनेताका लागि डेनियल डे लुइसले अवार्ड लिए ।
एंगलेले निर्देशन गरेका ‘लाईफ अफ पाई’ ले पनि एक अवार्ड लियो । यस फिल्मबाट माइकल डेनाले सर्वश्रेष्ठ ओरिजिनल स्कोरका लागि अवार्ड पाए । ‘लाईफ अप पाई’ले तीन विधामा नोमिनेशनमा परेको थियो । त्यस्तै क्वेटिन टेरेन्टीको फिल्म ‘ज्याङगो अनचेण्ड’ ले सर्वश्रेष्ठ स्क्रिप्टमा अवार्ड पाउँदै निर्देशक टेरेन्टीले आफूलाई आश्चर्य लागेको प्रतिक्रिया दिए ।
0 comments
Write Down Your Responses