अमेरिकामा पाल्पाली कफीको स्वाद

१ माघ, काठमाडौं । आफ्नो अग्र्यानिक कफी विश्व महाशक्ति अमेरिकाको राजधानीमा प्रिय भएपछि पाल्पाका किसानको उत्साह शिरमा पुगेको छ । वासिङटन डीसीले विगत दुई बर्षदेखि पाल्पाको अग्र्यानिक कफी पिउँदैछ ।

विज्ञहरुले बहुराष्ट्रिय कम्पनीबाट उत्पादित कृत्रिम स्वादयुक्त अग्र्यानिक कफी औषधीय गुणले भरिपूर्ण भएको खबर प्रचार प्रसार गरेपछि पाल्पाली कफीको प्रसिद्धि चुलिएको छ । त्यसमाथि देशकै प्रमुख कफी उत्पादन जिल्लाको पगरी त छँदैछ ।

नेपाल अग्र्यानिक कफी प्रडक्ट्स मदनपोखरा ७ की कृषक शान्ति घिमिरे भन्छिन् ‘हामीले आयातीत कफीमा जस्तो अन्य प्रयोग गर्दैनौ, यो पूर्णतया अग्र्यानिक छ र स्वास्थ्यका लागि पनि हितकर । तर, नेपालीको जिब्रोले अग्र्यानिकभन्दा कृत्रिम कफी नै प्रिय ठान्छ, त्यसैले यहाँ बिक्री न्यून छ ।’

उनका अनुसार यो अग्र्यानिक कफीको मूख्य बजार अमेरिका, जापान साथै युरोपेली मुलुक हुन् । नेपालकै पहिलो अग्र्यानिक कफी उत्पादन उद्योग गाउँमै भएकाले पनि कफी उत्पादनतिर रुचि बढेको उद्योग प्रमुख ढल्केश्वर घिमिरे बताउँछन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.