ज्यान मुद्दामा फरार अभियुक्त भारतको मेघालयबाट पक्राउ

१४ बैशाख, धनकुटा । कर्तव्य ज्यान मुद्दामा फरार एक अभियुक्तलाई धनकुटा प्रहरीले १६ महिनापछि पक्राउ गरेको छ । लेगुवा गाविस-१ का २७ वर्षीय फडिन्द्र तामाङलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजानिक
गरेको छ ।
तामाङले ०६९ माघ १८ गते भएको सामान्य विवादका क्रममा कुटपिट गरी सान्ने गाविस-२ का ५५ वर्षीय बेणुवहादुर पाण्डेको हत्या गरेका थिए । कुटपिटपछि भुर्इँमा लडेका पाण्डे बेहोस भएपछि उपचारको लागि न्यूरो अस्पताल विराटनगर लगिएको थियो । उपचारको क्रममा ०६९ माघ २३ गते राति पाण्डेको मृत्यु भएपछि तामाङ फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले तामाङलाई ईन्टरपोलको सहयोगमा भारतको मेघालयबाट भारतीय प्रहरीको सहयोगमा केन्दि्रय अनुसन्धान व्यूरोको विशेष टोलीले पक्राउ गरेको जनाएको छ । तामाङलाई शुक्रबार भारतको मेघालयबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको छ ।
फरार तामाङलाई मेघालयमा प्रहरीले वैसाख ११ गते पक्राउ गरेको थियो । उनीमाथि कर्तव्य ज्यान अन्तर्गतको मुद्दा चलिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख ईश्वरीप्रसाद चापागाईले बताए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.