Prawasi News
»
एसएसडीआरसीलाई इजरायलबासी नेपालीद्वारा साढे ११ लाख सहयोग
एसएसडीआरसीलाई इजरायलबासी नेपालीद्वारा साढे ११ लाख सहयोग

काठमाडौँ । इजरालमा रहेका नेपालीहरुले विशेष स्कुल तथा पुन:स्थापना केन्द्र (एसएसडिआरसी) लाई ११ लाख ३४ हजार नौँ सय ४१ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।केही महिना अघि इजरायलमा अपांगता सम्बन्धी विशेष स्कुले तालिम लिन इजरायल पुगे
की संस्थाकी प्रमुख कार्यकारी निर्देशक सविता उप्रेतीसँग इजरायलबासी नेपालीहरुको भेटघाट तथा अटिजम भएका बालबालिकाहरुको डमुकेन्ट्री हेरेपछि उनीहरु सहयोग गर्न हौसिएका हुन् नेपाल इजरायल डट नेट, श्री कृष्ण प्रमाणी गैरआवासीय युवा परिषद्, इजराल, नेपाली नारी आवाज लगायतका संस्थाहरुको पहलमा इजरायलमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले स्वतःस्फूर्त रुपबाट सहयोग राशी संकलन गरेका हुन् । गत शनिवार संस्थाको चौथो साधारणसभाको अवसरमा आयोजिक एक कार्यक्रमबीच अर्थ सचिव युवराज भुषाल र नेपाल इजरायल डट नेटका प्रतिनिधिले संस्थाकी कार्यकारी निर्देशक सविता उप्रेतीलाई उक्त धनराशीको बैंक चेक प्रदान गरेका हुन् नयाँ बानेश्वरस्थिति सहकारी प्रशिक्षण केन्द्रमा आयोजित उक्त कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक दिवाकर ढुंंगेल, समाज कल्याण परिषद्का निर्देशक चन्द्रमणि अधिकारी, केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका केन्द्रीय प्राचार्य गणेश अर्याल, राष्ट्रिय पाराओलम्पिक कमिटी नेपालका उपाध्यक्ष ओम शर्मा, मानव अधिकार संघका महासचिव महेश्वर घिमिरे, प्रधानमन्त्री कार्यालय अपांगता डेक्स सल्लाहकार भोजराज श्रेष्ठ, नेपाल निजामति संगठनका भोलानाथ पोखरेल, वरिष्ठ पत्रकार केदार कोइराला, वरिष्ठ अधिवक्ता हरि उप्रेती, समाजसेवी सरोज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
संस्थाका पूर्व अध्यक्ष सुगन्धकुमार श्रेष्ठले कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत मन्तव्यले स्वागत गर्नुभएको थियो भने कार्यक्रम संस्थाकी अध्यक्ष भवानी उप्रेतीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा अटोजम समस्याग्रस्त बालबालिकाहरुमा आधारित वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो ।
0 comments
Write Down Your Responses