सहयोगी गुमाएका दलले आरोहण रद्द गरे

सोलुखुम्बु, १५ वैशाख । सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा गत वैशाख ५ गते गएको हिम पहिरोमा आरोहण सहयोगी गुमाएका आरोहण दलले यस वर्ष सगरमाथा अरोहण रद्द गर्ने भएका छन् । साङ्ग्रिला नेपाल प्राइभेट लिमिटेड, हिमालयन गाइडस्, नेपाल ट्रेक्स एन्ड एक्सपीडिसन् प्रालि, समिट नेपाल ट्रेकिङ
प्रालि र हिमालयन ट्रेक्स एन्ड एक्सपीडिसनबाट आरोहण अनुमति लिएका दलहरुले आरोहण रद्द गर्ने तयारी गरेका हुन् ।प्रमुख आरोहीहरु गुमाउँदाको पीडा र जनशक्ति समेत नभएपछि आरोहण सफल पार्न नसक्ने मनस्थितिमा पुगेका अरोहण दलहरुका लागि सरकारी निर्णय पनि आरोहण रद्द गर्ने अर्को कारण भएको बताउँछन् ।सरकारले यसपटक आरोहण अनुमति लिएकाले पाँच वर्षभित्र आरोहण गर्न सकिने विषयमा लचकता देखाएका कारण आरोहण रद्द गरेको हुन सक्ने कतिपय आरोहीहरु बताउँछन् । हिम पहिरोमा परी मृत्यु भएका १३ जनामध्ये साङ्ग्रिला नेपाल प्रालिका चार जना थिए भने हिमालयन गाइड्स नेपाल टे«क्स एन्ड एक्सपीडिसन् प्रालिबाट गएका ६ जना परेका थिए ।“हामीले आन्तरिक छलफल गरी विदेशीलाई समेत सहमत जनाउन लगाई आरोहण रद्द गर्ने अन्तिम निर्णय लिएका हौँ” सम्बद्ध आरोहण दलका एक सदस्यले बताए । हिमपहिरोमा अरोहण सहयोगी गुमाएको आरोहण दलबाहेक अन्य दलका आरोहीले भने आरोहण गर्ने मनस्थितिमा रहेको आधार शिविरमा रहेका आरोही कामे मगरले बताउनुभयो ।
“विदेशी आरोहीहरु धेरै लामो समयको अभ्यासपछि सहयोग जुटाएर चढ्न आउँछन् उनीहरुले छाड्ने कुरै हुँदैन” मगरले भन्नुभयो । आफू जस्तोसुकै परिस्थितिमा पनि सगरमाथा चढ्ने बताइरहेका कामेले आफू सगरमाथाको सफल आरोहण गरेरमात्र फर्कने बताउनुभयो ।आरोही सहयोगीहरु गुमाएका दलहरुले आरोहण नगर्नु स्वभाविक भएको बताउँदै उहाँले विभिन्न अभिव्यक्ति दिएर आरोहण प्रभावित नपार्न आग्रहसमेत गरे । यस वर्षको वसन्त ऋतुमा एक नेपाली र ३१ विदेशी आरोहण दलले आरोहण अनुमतिपत्र लिएका छन् । एकतीस दलमा ३३४ आरोही छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.