संखुवासभामा चट्याङ पर्दा ३१ घाइते, ८ को अवस्था गम्भीर

संखुवासभा, १५ वैशाख । खराङवाला गाविसमा आइतबार राति परेको हावाहुरी र चट्याङ पर्दा ३१ जना घाइते भएका छन् । तीमध्ये आठ जना गम्भीर छन् ।  घाइतेमध्ये धनमाया काफ्लेको भने स्थिति चिन्ताजनका भएको र उहाँको उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।  अन्य
घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र गम्भीर घाइते सात जनालाई जिल्ला अस्पताल खाँदबारी लगिँदै गरेको प्रहरीले बताएको छ ।
चट्याङले खराङ–२ की काफ्लेको घर पूर्ण रुपमा क्षतिग्रस्त पारेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.