दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
सप्तरी, १५ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगर सडक खण्डमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक राजु
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१ज ४६२० नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको बा८प ५४०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रसनि पोखरेलेको घटनास्थलमै मृत्यु भएको हो ।सप्तरीको रुपनगर–७ निवासी पोखरेल बिदामा घर आएका थिए ।
मृतक पोखरेलको शव परीक्षणका लागि राजविरास्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो ।

0 comments
Write Down Your Responses