राष्ट्रपति वा प्रधानमन्त्री बन्छु : रेखा थापा

काठमाडौं । चर्चित अभिनेत्री रेखा थापाले आफु रास्ट्रपति वा प्रधानमन्त्री बन्ने सम्भावना रहेको दाबी गरेकी छिन् । म ७०/८० बर्षको हुदा राष्ट्रपति वा प्रधानमन्त्री बन्न पनि सक्ने छु । नयाँ पत्रिकासंगको कुराकानीमा
रेखाले भनेकी छन् । मेरो भाग्यमा त्यो लेखिएको छ रे संविधानसभा निर्बाचनमा एकीकृत माओबादीका तर्फबाट उम्मेदवारकी आकांशा राखेकी थापाले मतदाता नामावलीमा नाम नलेखाएका कारण उमेद्वार बन्नबाट बन्चित भएकी थिइन् ।उनले आफु तीन बर्षपछि सक्रिय राजनीतिमा आउने उल्लेख गरेकी छन् । एउटा फरक प्रसंगमा उनले शरीर र स्वास्थ्यले साथ दिए ८० बर्ष सम्म पनि सेक्स हुने बताएकी छन् ।
आफनो आयु ८० बर्ष भन्दा माथि रहेको उल्लेख गर्दै रेखाले ७० बर्षसम्म क्रिएटिभ रहेको उल्लेख गरेकी छन् ।
0 comments
Write Down Your Responses