विराटनगर, हावाहुरीले घर भत्काउँदा महिलाको मृत्यु, पूर्वभरि लाखौं क्षति

हावाहुरीबाट इलाम पञ्चकन्या–८ मेची राजमार्गमा रहेको ११ हजार केभिए प्रसारण लाइनको पोल ढलेर राजमार्ग अवरोध भएको राजमार्ग प्रहरी चौकी आइतबारेका प्रहरी टोली र विधुत प्राधिकरणका कर्मचारीहरुले हटाएर खुलाएका छन्।
त्यस्तै, हावाहुरीले टिनको जस्ता उडाउँदा सप्तरी कल्याणपुर–२ बस्ने ५५ वर्षीया रामकुमारी चौधरी र सुनसरी इनरुवा फुलबरीया–३ का ६० वर्षीय बन्धुलाल चौधरीलाई टिनको जस्ताले खुट्टा काटिएर घाइते भएका छन्।
हावाहुरीबाट रामकुमारी चौधरीका १२ वर्षीय नाति दीपनारायण चौधरी सामान्य घाइते भएका छन्। दुबैलाई युनिक अस्पताल राजविराजमा उपचारार्थ पठाइएको प्रहरीले जनाएको छ। हावाहुरीबाट लालापट्टी–२ बस्ने ५५ वर्षीया कौशिलादेवी यादवलाई टिनको जस्ताले निधारमा चोट लागि उपचारार्थ सगरमाथा अञ्चल अस्पताल राजविराज पठाइएको छ।
यसैगरी, हावाहुरीबाट सिरहा नगरपालिका–७ मा रहेको ब्रिलियन्ट इङि्लस बोर्डिङ स्कुलको सिमेन्टको टायल उडाउँदा सोही बोर्डिङमा अध्ययनरत १० वर्षीय राउल ठाकुर र पिप्राहा–३ का ६० वर्षीय दुखी यादवको टाउकोमा चोट लागी गम्भीर घाइते भएका छन्। हावाहुरीले आफ्नै घरको छाना उडाउँदा टिनको जस्ताले लागेर सिरहा सन्हैठा–३ का ४२ वर्षीय बरिषलाल मोचीको दाहिने खुट्टा काटिएको छ। घाइते सबैको विराटनगरमा उपचार भइरहेको छ क्षेत्रीय प्रहरीले जनाएको छ।
हावाहुरीका कारण घरमा लागेको आगो नियन्त्रण गर्न नसक्दा लहान नगरपालिका–१० बस्ने प्रह्लाद पोखरेलको गोठमा रहेका ३ वटा गाईको मृत्यु भएको छ। तीन क्वीन्टल गहुँ नष्ट भई अन्दाजी चार लाख बराबरको क्षति भएको छ। आगलागीबाट सिरहाकै सन्हैठा–४ बस्ने सचितानन्द यादबको फुसबाट बनेको एकतले घरको सम्पूर्ण सामान जल्दा चार लाख बराबरको क्षति भएको छ।
हावाहुरीबाट एक जना प्रहरी परिचर घाइते भएका छन् भने प्रहरीको सञ्चार एन्टेना, ब्यारेक तथा मेषको छाना उडाउँदा लाखौको क्षति भएको छ। अञ्चल प्रहरी कार्यालय राजविराज, जिल्ला प्रहरी कार्यालय सिराहा,
इलाका प्रहरी कार्यालय दुहवी, इलाका प्रहरी कार्यालय लहानको प्रहरी चौकी कोर्बसाइनको सञ्चार एन्टेना, मेष, ब्यारेक र ग्यारेजमा लगाएको टिनको जस्ता उडाउँदा एघार लाख बराबरको क्षति भएको हो। इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङ भोजपुरका प्रहरी परिचर सतनलाल बहदारलाई भान्साघरको बलोले टाउकोमा चोट लाग्दा सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
0 comments
Write Down Your Responses