उदयपुर,सुतेकै अवस्थामा श्रीमानलाई खुकुरी प्रहार
उदयपुर सदरमुकाम त्रियुगामा आज विहानै एक महिलाले खुकुरी प्रहार गरी आफ्नै श्रीमानलाई घाइते
बनाएकी छिन् ।
विहान पौने ४ बजेतिर त्रियुगा ७ की ३० बर्षीया कल्पना राईले आफ्नो ३० बर्षीय श्रीमान् रमेश राईलाई खुकुरी प्रहार गरी घाइते बनाएकी हुन् ।
घरमै सुतिरहेका रमेशलाई श्रीमती कल्पनाले दाहिने हातको पाखुरा र खुट्टामा खुकुरी प्रहार गरी काटेर घाइते बनाएको उदयपुर प्रहरीले जनाएको छ । घाइतेलाई उपचारको लागि बिराटनगरतर्फ पठाइएको प्रहरीको भनाई छ । खुकुरी प्रहार गर्ने कल्पना जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा छन्।
0 comments
Write Down Your Responses