गायक कुमारको आरम्भ बजारमा
विराटनगर । झापा सुरुङाका ३३ बर्षिय गायक कुमार लिम्बुले आफ्नो पहिलो एल्बम आरम्भ बजारमा
ल्याएका छन् । आरम्भमा चिसो चिसो रात, लुङ्गा सेवारो, तिम्रो मेरो, फेसबुकले र मेरो देश गरी पाँच वटा गित समावेश गरिएको छ । सो एल्बममा बविन्द्र नेम्बाङ, डम्बर नेपाली र राजेश घतानीको संगित रहेको छ । सानैदेखी सांगितिक क्षेत्रमा आकर्षित भएका लिम्बु लजालु स्वभावका छन् । पहिलो एल्बमबाट लिम्बुले धेरै आशाबादी देखिएका छन् ।उनले भने–छुट्टै धारका गीतहरु भएका कारण संगितप्रेमीहरुले मन पराईदिनेमा म धेरै आशाबादी छु । संगित एउटा नसा हो त्यसलाई छोडेर बाँच्न गाह्रो हुन्छ उनले भने । संगित जीउने आधार हो–उनले भने । माया प्रेम र देशभक्तिका गीतहरु गाउन रुचाउने लिम्बुले नेपालका विभिन्न ठाउँमा भएका सांगितिक कार्यक्रममा आफ्नो प्रस्तुती देखाईसकेका छन् । गायक लिम्बु इमान्दार र हेन्सम भएपनि अहिलेसम्म अविवाहित छन् । केटी नभेटेर अहिलेसम्म बिहे नगरेको त होइन भन्ने प्रश्नमा उनले भने–केटी नभेटेर होइन साइत नजुरे हो की ? । अहिलेसम्मलिम्बु अझै अविवाहित छन् । रेडियोकर्मी मन नेम्बाङको प्रेरणले यस क्षेत्रमा लागेको र घरपरिवारबाट पनि पूर्ण सहयोग पाएको उनले बताए । नियमित रुपमा स्रोताको मन पराउने खालका एल्बम बजारमा ल्याउने उनले जानकारी दिए ।
एल्बम बिक्रिबाटै लगानी सुरक्षित हुने अवस्था नरहेको उनले बताए । सांगितिक क्षेत्रमा चर्चित गायक बन्ने आफ्नो लक्ष्य रहेको उनले सुनाए
0 comments
Write Down Your Responses