संसार देख्ने मेरो मन

संसार देख्ने मेरो मन अँध्यारोले छेकी दियो
दोष दिउ कस्लाई अब लेखान्तले लेखी दियो
दुख्यो मुटु दु:खै दु:खको छाल भित्र परे पछी
सकिन कैले आकाश देख्न ताल भित्र परे पछी
छानी छानी भाग्यले पनि मलाईनै फेकी दियो
दोष दिउ कस्लाई अब लेखान्तले लेखी दियो
कुन सृष्टिले दिएको फुल रहेछ मेरो जिन्दगी
पाईला पिछे हार्नु पर्ने भुल रहेछ मेरो जिन्दगी
सधै हार स्वीकारी दिएँ सिरै सिरमा टेकी दियो
दोष दिउ कस्लाई अब लेखान्तले लेखी दियो
संसार देख्ने मेरो मन अँध्यारोले छेकी दियो
दोष दिउ कस्लाई अब लेखान्तले लेखी दियो
मिना पुमा राई
खोटाङ्ग
0 comments
Write Down Your Responses