अमेरीकामा आएको च्रकावतका कारण ५१ जनाको मृत्यु

अमेरीका , ७ जेठ । अमेरीकी राज्यको ओक्लोहामा आएको चक्रावतका कारण ५१ जनाको मृत्यु भएको छ भने ७० बालबालिका सहित १ सय २० जना घाईते भएका छन् । मृत्यु हुँनेको सङख्या अझै बढ्न सक्ने ओक्लोहामाका प्रमुख मेडीकल अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसि अनलाईनले जनाएको छ ।

अमेरीकी समयअनुसार सोमबार दिउँसो आएको आगो सहितको चक्रावतबाट स्कुलहरुमा बढी क्षति भएको छ । दुई बिद्यालयमा भने चक्रावतले सिधै क्षति पु¥याउँदा २० देखी ३० जनाको मृत्यु भएको बिबिसि अनलाईनले उल्लेख गरेको छ । ५५ हजारको जनसङख्या रहेको मुर सहरमा भने चक्रावत ४५ मिनेट सम्म रहेको जनाईएको छ । अमेरीकाको राष्ट्रिय मौसम बिभागका अनुसार चक्रावत ३ सय २१ किलोमिटर प्रति घण्टाको गतिमा आएको जनाईएको छ । अक्लोहामा अहिले उद्धार कार्य चलिरहेको छ ।

आईतबार पनि मुर शहरमा आएको चक्रावतका कारण २ जनाको मृत्यु भएको थियो । यस अघि सने १९९९ मा यस शहरलाई ७ पटक सम्म चक्रावतले त्रस्त पारेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.