वाईसीएलद्धारा प्रहरी कार्यालयमा आक्रमण, दुई प्रहरी घाइते

, श्रावण १६ । प्रहरीले आफ्ना कार्यकर्ता नियन्त्रणमा लिएको भन्दै चितवनमा वाईसीएलका कार्यकर्ताले वडा प्रहरी कार्यालय नारायणगढमा गएराती आक्रमण गरेका छन् । सय जनाभन्दा बढीको संख्यामा पुगेका युवाले आक्रमण गर्दा दुई प्रहरी घाइते भएका छन् ।  उनीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेर राती नै कोणसभा गरेका थिए ।
 व्यपारीसँग चन्दा उठाउने ६ जना वाईसिएल कार्यकर्तालाई प्रहरी कार्यालय नारायणगढले हिजो दिउँसो पक्रेको थियो । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । एकीकृत माआवोदीका जिल्ला नेता सुदर्शन पौडेलले जिल्ला सम्मेलनका लागि चन्दा संकलन गर्नु जायज भन्दै त्यसमा प्रहरीले हस्तक्षेप गरिनु आपत्तिजनक भएको तर्क गरे । वाईसिएल चितवनको जिल्ला सम्मेलन यही साउन १९ गते भरतपुरमा हुंदैछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.