अमेरिकामा नेपाली कलाको प्रस्तुति

न्युयोर्क । अमेरिकन तथा क्यानेडियनहरुको सहभागितामा सम्पन्न भएको अमेरिकन लोक फेस्टिबल–२०१३ मा नेपाली कलाकाहरुले आफ्ना प्रस्तुति देखाएका छन् ।
अगष्ट–२३ देखि २५ तारिखसम्म अमेरिकाको पर्यटकीय राज्य मेइनमा भएको फेस्टिबलमा लोक गायक
प्रेमराजा महतको संयोजकत्वमा ७ जना नेपाली कलाकारहरुले प्रस्तुति देखाएका हुन् ।
नेपाली कलाकारहरुको प्रस्तुतिबाट अमेरिकन तथा क्यानेडियन दर्शकहरुले रमाउँदै नाचेर साथ दिएका थिए ।
विश्वका १२ देशका लोक कलाकारहरुको सहभागिता रहेको फेस्टिवलमा एशियाबाट नेपाल र चीनको मात्र सहभागिता रहेको थियो ।
अनु श्रेष्ठ वन्त र रञ्जन बुढाथोकी, राज कपुर, मनोज महत, सुशील गौतम र धन गुरुङलगायतले प्रस्तुति देखाएका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.