राष्ट्रसंघका महासचिवलाई लुम्बिनी भ्रमणको निम्तो
खनाल र मुनवीच न्युयोर्कमा भेटवार्ता
१८ साउन, काठमाडौं । नेकपा एमाले अध्यक्ष झलनाथ खनालले संयुक्त राष्ट्र संघका महासचिव वान कि
मुनलाई लुम्बिनी भ्रमणको निम्तो दिनुभएको छ । बिहीबार बिहान न्युयोर्कमा संयुक्त राष्ट्रसंघको कायार्यलस्थित मुनको कार्यकक्षमा भएको भेटका क्रममा एमाले नेता खनालले मुनलाई धार्मिकस्थल लम्बिनीको भ्रमण गर्न आग्रह गर्नुभएको हो -
एमाले निकट प्रवासी संगठनको उद्घाटन गर्न एमाले नेता भीम रावलसहितको टोलीका साथ अमेरिका भ्रमणमा रहनुभएका खनालले महासचिव मुनसंगको भेटमा नेपालको वर्तमान राजनीतिक अवस्थाबारे जानकारी गराउनु भएको छ । भेटमा लुम्बिनी विकास परियोजनाबारे समेत छलफल भएको न्युयोर्कस्थित नेपालका लागि राष्ट्र संघीय स्थायी नियोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । मुनसँगको भेटका क्रममा खनालले नेपालमा तोकिएकै मितिमा चुनाव हुने विश्वास दिलाउँदै सबैपक्षलाई निर्वाचनमा ल्याउने पहल भैरहेको र सबै पष चुनावमा आएपछि मात्र निर्वाचन सफल हुने स्पष्ट दिनुभएको थियो ।
नेपालको शान्ति प्रक्रिया संयुक्त राष्ट्रसंघले पुरर्याएको योगदानका लागि खनालले मुनलाई धन्यवाद दिनुभएको थियो । आगामी चुनावका लागि मित्र राष्ट्रहरु एवं राष्ट्र संघले पुर्याइरहेको सहयोगको समेत चर्चा गर्दै खनालले आगामी चुनावमा राष्ट्र संघको पर्यवेक्षण टोलीका बारेमा पनि छलफल भएको छ । खनालले सत्य निरुपण आयोग र मेल मिलाप आयोग बनाउने तयारी भैरहेको मुनलाई जानकारी गराउनुभएको विज्ञप्तिमा उल्लेख छ ।
मुनसँगको भेटमा एमाले नेता खनालका साथमा राष्ट्रसंघस्थित नेपाल संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगकी कार्यवाहक प्रतिनिधि सेवा लम्साल अधिकारी, एमाले प्रवास इञ्चार्ज भीम रावल, अमेरिका इञ्चार्ज भीष्म अधिकारी, र रामबाबु अधिकारी समेतको सहभागिता थियो ।
खनाल शुक्रबार र शनिबार हुने नेपाली प्रवासी मञ्च अमेरिकाको प्रथम अधिवेशन उद्घाटन गर्न तीन दिनअघि अमेरिका पुग्नुभएको हो । यसअघि ओभरसिज नेपालको सम्मेलन उदघाटन गर्न जानुभएको बताइएको थियो । उहाँले साउन २४ गतेसम्म अमेरिकामा रहने बताइएको छ ।
0 comments
Write Down Your Responses