जनयुद्ध लडेका माओवादी कमान्डर कांग्रेसमा

‘दसबर्षे जनयुद्धमार्फत मुलुकमा आर्थिक विकासका ठूला सपना देख्ने हामी लडाकु आज रोजगारका लागि मलेसिया र खाडी जानेमात्र होइन, सुन्धाराका लजमा वेश्यावृत्तिसम्म अँगाल्न बाध्य भयौं ।’
माओवादी सशस्त्र द्वन्द्वका क्रममा बन्दुक बोकेर हिँडेका ‘लडाकु कमाण्डर’ यमबहादुर थापा ‘अरुण’
बिहीबार कांग्रेस मुख्यालयमा यस्तै दर्दानक अभिव्यक्ति दिइरहेका थिए । ‘प्रचण्ड र बाबुरामको क्रान्तिले मुलुक त के एउटा नगरपालिका बनाउने क्षमता पनि राख्ने रहेनछ,’ एमाओवादी नेवाः राज्यसमिति सदस्य एवं तत्कालीन ‘जनमुक्ति सेना’ का कमान्डर रहेका थापाले भने ।
विगतमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईको आदेशमा मर्न र मार्न तयार भएका थापा आफ्नो यौवन व्यर्थैमा खेर गएको भन्दै पश्चताप पनि गरिरहेका थिए । यस्तै पश्चताप गर्दै थापासहित पूर्वप्लाटुन कमान्डरलगायत चारसय ४१ जना बिहीबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस मुख्यालयमा आयोजित विशेष समारोहमा उनीहरुलाई सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री प्रकाशमान सिंहले खादा, माला र टीका लगाएर पार्टीमा प्रवेश गराएका थिए । कांग्रेस प्रवेश गर्नेमा बेरोजगार युवा संघ नेपालका केन्द्रीय सदस्य जितबहादुर केसी, वाईसीएल काठमाण्डौंका सदस्य पंकज मल्ल, सुरेश गिरी लगायत छन् ।
'हिजो लालसलाम भन्ने हामी आज जय नेपालको यू टर्नमा आयौ,' थापाले भने,' एमाओवादी अध्यक्ष दाहाल र नेता भट्टराईको निर्देशनमा दलका कार्यकर्ता र सर्वसाधारणसँग जबर्जस्ती चन्दा उठायौ र तिनै नेतालाई बुझायौ । त्यो पार्टीमा अहिले पनि त्यही गणेशप्रवृति मात्र बाँकी छ,' थापाले भने,' राष्ट्रियता, प्रजातन्त्र र समाजवादको कांग्रेस सिद्धान्त भन्दा अर्को कुनै राम्रो सिद्धान्छ रहेनछ 

0 comments

Write Down Your Responses

Powered by Blogger.