आजको सुनको मुल्य ६० हजार

काठमाडौ, ११ भदौ । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार रुपैयाँले बृद्धि हुँदै ५९ हजार ९ सयमा कारोवार भएको छ ।
अन्तर्राष्ट्रिय बजारमै मुल्य बढेपछि नेपालमा त्यसको प्रभाव परेको नेपाल सुनचादी ब्यवसायी महासंघले
जनाएको छ ।
६२ हजार रुपैयाँसम्म प्रतितोला मुल्य कायम भएको सुनको आजको यो मुल्य विगत पाँच महिना यताकै सबैभन्दा बढी हो ।
आज छापावाला सुनको भाउ तोलाको ५९ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मुल्य ५९ हजार ६ सय ५० रुपैयाँ कायम गरिएको छ । त्यसैगरी चाँदीको को मुल्यमा समेत १५ रुपैया बढेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.