पानीले छेकेन दर्शकलाई

हेटौंडाको हुप्राचौरमा नेपालका प्रतिष्ठित गायक-गायिकाको गीत गुञ्जन थालेपछि आकाशे पानीले पनि कुनै अवरोध सिर्जना गर्न सकेन। मकवानपुर जिल्ला खुला दिसामुक्त घोषणा कार्यक्रममा सहभागिता जनाउन आएका कलाकारहरू कोमल वली, मिलन लामा, बद्री पंगेनी तथा राजेशपायल राईले आ-आफ्नो प्रस्तुति दिने क्रममा दर्शकले पानीमा रुझ्दै मनोरञ्जन लिएका थिए।
कोमल वलीले 'तिमी हामी यसरी भेट भा'को दिन, मन मेरो बैमानी किन, बाँझो खेतमा छड्के सलाम छ' गाउँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याललाई स्टेजमा बोलाएर नचाउन थालेपछि वर्षे झरीमा पनि दर्शकहरू स्वरमा स्वर मिलाउँदै नाच्न तम्सिए। 
कोमलको गीतलाई चुनौती दिँदै अर्का चर्चित लोक गायक बद्री पंगेनीले मकवानपुरमा आइरहन मन लाग्ने, कोमलसँग लोकगीत गाइरहन मन लाग्ने कुरा बताए। स्टेजमा गायक राजेशपायल राईले आफ्नो जादु छर्न कुनै कसर बाँकी राखेनन्। लोक गायक मिलन लामाले कोमल र बद्री पंगेनीलाई साथ दिँदै आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रममा करिब एक दर्जन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सहभागिता थियो।

0 comments

Write Down Your Responses

Powered by Blogger.