अन्तर्राष्ट्रिय अपराधीहरूको, आश्रयस्थल बन्दै नेपाल –रोशन पाण्डे

संविधानसभा निर्वाचनबारे परामर्श गर्न गत साउन ३० (१४ अगस्ट) मा नेपाल आएर एक साता पछि फर्किएको भनी प्रचार गरिएका रअका प्रमुख आलोक जोशी नेपालमै हुँदा मुम्वई हमलाका कुख्यात अपराधी टुण्डा नेपालमा नै पक्राउ परेका थिए। स्रोतका अनुसार टुण्डालाई नेपाल प्रहरीको विशेष व्यूरोले काठमाडौंबाट पक्राउ गरी भारतीय प्रहरीलाई जिम्मा लगाएको थियो। तर गत साउन ३० मा भारतले पत्रकार सम्मेलन गरी टुण्डा नेपाल–भारतको सीमा बनबासाबाट पक्राउ परेको दावी गरेका थियो। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले पनि टुण्डा काठमाडौंमा पक्राउ परेको समाचार बनाएपछि नेपाल प्रहरीले बाध्य भएर कुनै पनि अपराधीलाई संरक्षण नदिइएको र टुण्डा काठमाडौंबाट पक्राउ नपरेको दावी गरेको थियो। टुण्डाको विषयमा गत अगस्ट ६ मा भारतीय अनलाईन संस्करण जागरण डटकममा टुण्डा पाकिस्तानको कराँची शहर छाडी दुबई हुँदै नेपाल आएको उल्लखे गरिएको थियो। टुण्डालाई भारतीय खुफिया एजेन्सीले दुवईबाट नै पिछा गरेरहेको समेत उक्त अनलाईनले समाचार प्रकाशित गरेको थियो। टुण्डालाई निरन्तर खुफिया एजेन्सीले पिछा गर्नु र रअका प्रमुख नै नेपालमा हुँदा टुण्डा पक्राउ पर्नुलाई संयोगमात्र मान्न सकिंदैन। प्रहरीको विशेष व्यूरो स्रोतका अनुसार टुण्डा पक्राउ पछि रअका प्रमुख जोशीले टुण्डाका सहयोगीहरू रहमान अखवी, बाधवा सिंह, रतनदीप सिंह, अब्दुल अजीजलगायतलाई पक्राउ गर्न विवरण दिएका छन्। कुख्यात अपराधी दाउद इब्राहिम र हर्पि्कज सहदको विषयमा भारतीय खुफिया एजेन्सी रअले नै विशेष निगरानी गरिरहेको बताइएको छ। यी सबै जनाविरुद्ध सन् १९९८ मा रेडकर्नर नोटिस जारी गरिएको थियो। स्रोतका अनुसार अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरू लक्कर ए तैयवाका हाफिज सहन, जैश ए मुम्वइका प्रमुख मौलाना मसुद अजर र दाउद इब्राहिमसँग टुण्डालाई जोडेर हेरिएका कारण नेपाल प्रहरीले यी व्यक्तिका नेपालमा रहेका सहयोगीहरूको बारेमा खोजी शुरु गरिसकेको छ। पाकिस्तानमा सुल्तान शाहको नामबाट परिचित दाउदले सिपिङ इन्डस्ट्री, एयरलाइन्स, गार्मेन्ट फ्याक्ट्री, रियल स्टेट र क्यासिनोको व्यापार पाकिस्तान मात्र नभई थाइल्याण्ड, नेपाल, श्रीलंका, दुवई, जर्मनी र अधिकांश केही देशमा कारोबार गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। नेपालमा पनि दाउदको संभावित लगानी रहेको भन्दै गार्मेन्ट, क्यासिनो, हाउजीङ र अस्पतालहरूमा समेत प्रहरीले निगरानी बढाएको स्रोतको दावी छ। त्यसैगरी, भाद्र महिनामा मात्र नेपाल प्रहरीले भारतीय कुख्यात तीन जना अपराधीहरू पक्राउ गरी सुटुक्क भारतलाई बुझाएको खबर बाहिर आएको छ । नेपाल प्रहरीले पक्राउ गरेका दुई भारतीय सार्प सुटर राजधानीबाट पक्राउ परेका थिए।
चिरञ्जीवीसागर कुशवाह र विकास झा नाम गरेका भारतीय अपराधीलाई प्रहरीले ललितपुरको इमाडोलस्थित एउटा गेस्ट हाउसबाट गत साउन ३२ गते पक्राउ गरेको बताइएको छ। कुशवाह र झालाई भदौं १ गते विहानै जनकपुर लगि भारतीय सीमामा पुर्याटई भारतीय प्रहरीलाई बुझाइएको समाचार सार्वजनिक भएको थियो। भारतीय प्रहरीको फरार सूचीमा रहेका कुशवाह र झा त्यहाँका चर्चितमध्येका एक सन्तोष झा ‘राहुल′ समूहका तलवी सुटर भएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो। नेपाल र भारबीच सुपुर्दगी सन्धि नभएको अवस्थामा प्रहरीको कामप्रति प्रश्नचिन्ह नउठोस् भन्नका लागि प्रहरीले बेग्लै तरिका अपनाएको बताइएको छ। विहार प्रहरीले भने सीतामडी प्रहरी स्टेसनबाट खटिएको टोलीले उनीहरूलाई भदौं २ गतेमात्र पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले बताएका छन्। सुटुक्क सुपर्दगी गरिएका कुशावाह अपहरण्ँ र हत्याका २७ र विकास झा १२ वटा मुद्धाका फरार अभियुक्त थिए। त्यस्तै, भारतीय प्रहरीको मोस्ट वान्टेडको सुचीमा रहेका अर्का आतंकवादी यासिन भटकललाई नेपाल प्रहरीको सहयोगमा नेपाल–भारत सिमा सुनौंलीबाट केही दिन पहिले प्रक्राउ गरिएको बताइएको छ। भटकलमाथि १० लाख भारु टाउकाको मूल्य तोकिएको भारतीय सञ्चारमाध्यमहरू जनाएका थिए। यासिनलाई नेपाल–भारत प्रहरीको सयुक्त टोलीले पक्राउ गरेको आजतक , एबिपि न्युजलगायतका सञ्चारमाध्यमहरूले जनाएका छन्।
तर यो पनि मान्न नेपाल प्रहरी अझै तयार छैन्। यासिनलाई सन् २००९ मा कोलकत्ता प्रहरीले पक्राउ गरेको थियो। अभियोग पुष्टि हुन नसकेपछि उनी त्यहाँबाट छुटेका थिए। सन् २००९ डिसेम्बरमा यासिनलाई भारतीय जाली नोटको कारोबार, सन् २०११ सेप्टेम्बर ११ मा दिल्ली उच्च न्यायालयमा भएको बम विस्फोटमा संलग्न भएको भारतीय प्रहरीको दावी छ। उक्त विस्फोटमा १२ जनाको मृत्यू भएको थियो। भारतीय प्रहरीका अनुसार उनी इन्डियन मुजाहिद्दिन नामक आतंकवादी संगठनको संस्थापक नेता हुन्। साथै यासिनलाई अहिलेसम्म १० ठुला आतंकवादी घटनामा संलग्न भएको आरोप लगाइएको छ। यस्ता कुख्यात अपराधीहरू नेपालमा पक्राउ परेको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरूले बताईरहँदा समेत नेपाल सरकार र नेपाल प्रहरी भने होइन भन्दै पत्रकार सम्मेलन गरेकै भरमा चित्त बुझाइरहेका छन्।weeklynepal
0 comments
Write Down Your Responses