Society,
समाज
»
लोडसेडिङले फुटबल हेर्न नपाएपछि विद्युत प्राधिकरणमा तोडफोड गरेकोछ
लोडसेडिङले फुटबल हेर्न नपाएपछि विद्युत प्राधिकरणमा तोडफोड गरेकोछ

काठमाडौं, भाद्र २० । आठौं साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज भएको नेपाल र भारतबीचको खेल लोडसेडिङका कारण हेर्न नपाउँदा काठमाडौं कीर्तिपुरका युवाहरुले विद्युत प्राधिकरणमा तोडफोड गरेका छन् । नेपाली दर्शकहरुले निकै उत्साहका साथ लिएको नेपाल र भारतबीचको खेल घरमै बसेर पनि हेर्न नपाएपछि
आक्रोशित बनेका युवाहरुले कीर्तिपुरस्थित प्राधिकरणको कार्यालयमा तोडफोड गरेका प्रहरीले जनाएको छ ।
तोडफोडबाट प्राधिकरणको झ्यालका सिसाहरु फुटेको पनि प्रहरीले जनाएको छ ।
0 comments
Write Down Your Responses