रेखा थापा पर्साबाट चुनावमा उठ्ने

एकीकृत माओवादीमा प्रवेश गरेकी अभिनेत्री रेखा थापालाई पर्साबाट संविधान सभा निर्वाचनमा चुनाव लड्न प्रस्ताव आएको छ। भोजपुरा राज्य समितिको बैठकमा अभिनेत्री थापालाई पर्साको कुनै पनि क्षेत्रबाट निर्वाचनमा उम्मेद्वार बनाउनुपर्ने माग अधिकांश सदस्यले गरेको भोजपुरा राज्य समिति संयोजक प्रभु
साहले बताए।
बैठकमा थापालाई पर्सा क्षेत्र नं १ बाट उम्मेद्वार बनाउन माग गरिएको बताइएको छ। बैठकमा थापालाई उम्मेद्वार बनाउन माग गरेपछि बैठकबाटै थापासँग एमाओवादी नेताहरुले फोन सम्पर्क गरेका थिए। अभिनेत्री थापाले प्रस्ताव आफूलाई स्विकार भएको बताएकी थिइन्। 'थापाले स्विकार गरेपछि, आन्तरिकरुपमा टिकट दिने सहमति भयो,' बैठकमा सहभागी एमाओवादीका एक नेताले नागरिकन्युजसँग भने। 
यता अभिनेत्री थापाले आफूलाई मोरङ १ र पर्सा, वीरगञ्ज क्षेत्रबाट चुनाव लड्ने प्रस्ताव आएको नागरिकन्युज सँग बताइन्। उनले भनिन् 'पार्टीका साथीहरुले प्रस्ताव गर्नुभएको छ, पार्टीकै निर्देशनअनुसार निर्वाचनमा उम्मेद्वार बन्छु।' उनले आफूले टिकट पाएमा अत्याधिक बहुमतले जित्नेअसमेत दाबी गरिन्। उनले पार्टीको सिफारिस अनुसार मोरङ वा पर्सा को कुनै क्षेत्रबाट निर्वाचनमा उम्मेद्वारी दिने बताइन्। 
बैठकले एमालेबाट एमाओवादी प्रवेश गरेकी उर्मिला अर्याललाई पनि पर्साकै कुनै क्षेत्रबाट संविधान सभाको निर्वाचनमा टिकट दिने सहमति गरेको छ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.