४ जनामा एक पुरुष बलात्कारी

लन्डन— एशिया-प्रशान्त क्षेत्रका ६ वटा देशका एक चौथाइ पुरुषले कम्तिमा एउटी महिलालाई बलात्कार गरेको स्वीकारेका छन्। राष्ट्रसंघको अगुवाइमा १० हजार जनाबीच गरिएको अन्तरार्ष्ट्रिय अध्ययनले यस्तो
परिणाम देखाएको हो।
अध्ययनका बेला स्त्री पुरुषको आपसी सम्बन्धका समयमा बलात्कार व्यापक रुपमा पाइएको थियो। १० जनामा १ जनाले परस्त्रीलाई बलात्कार गरेको स्वकारेका थिए। अध्ययनमा सहभागीमध्ये आधाले कुनै न कुनै रुपमा महिलालाई यौन सम्पर्क राख्न बाध्य पारेको उल्लेख गरेका थिए।किन यस्तो गर्नुपर्‍यो? भन्ने सवालमा पुरुषहरुले यौन आवश्यकता पूर्ति गर्न एवं मनोरञ्जनका लागि आफूहरुले महिलालाई बाध्य पारेको जवाफ दिएका छन्। महिलाविरुद्ध हुने यौन हिंसालाई समेटेर गरिएको यो पहिलो बृहत् अध्ययन हो।
बलात्कार गरेको हुँ भन्ने अधिकांशले कानुनी सजाय नभोगेको बताएका थिए। यो अध्ययन बंगलादेश, चीन, कम्बोडिया, इंडोनेशिया र श्रीलंका और पापुआ न्यू गिनीमा गरिएको थियो। अध्ययनलाई राष्ट्रसंघका अन्य एजेन्सीका अतिरिक्त वेलायत, नर्वे, स्वीडेन र अष्ट्रेलियाले सहयोग गरेका थिए।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.