त्रिशुलीको बाटो अस्तबेस्त

राजधानी उपत्यका भित्रिने मुख्य नाका त्रिभुवन राजपथको नौविसे–नागढुङ्गा सडक खन्डमा दिनहुँ हुने सवारीजाम चालक तथा यात्रुका निम्ति टाउको दुखाई बनेको छ । सडक मर्मतको नाममा महिनौंदेखि चलिरहेको जाम खुलाउने विकल्प नखोंजिदा १० किलोमिटर बाटो छिचोल्न पाँच घन्टा कुर्नपर्ने बाध्यता रहेको आजको नागरिकमा खबर छ ।
थानकोटदेखि शुरु भएको जाम झाप्रेखोलासम्म पुगेको छ । , थानकोटबाट निस्केको चारघन्टा बितिसक्यो,नौविसे पुग्न कति समय लाग्ने हो पत्तो छैन ,धादिङ किरानचोकाका बिबन बराल भन्छन्, एकातिर समय बर्बाद, अर्कोतिर खाना खाने समस्य ।
जागिर सिलसिलामा महादेवबेसी बस्दै आएका उनी १० किलोमिटर बाटो छिचोल्न घन्टौं लाग्दा पनि सरोकारवाला निकाय मौन रहेकामा आश्चर्य व्यक्त गर्छन् । सामान्य अवस्थामा नौविसे नागढुङ्गा २० मिनेटको बाटो हो ।
 यहाँ हरेक दिन पाँच किलोमिटर वरपर दुई हजारभन्दा बढी सवारी जाममा पर्ने गरेका छन् । नौविसे र नागढुङ्गाको बीचमा यात्रुलाई खाना खुवाउने होटलसमेत छैनन् । पानी र चाउचाउको मूल्य तोकीएभन्दा दोब्बर पर्छ । जाम लाग्न थालेपछि चाउचाउ, बिस्कुट जस्ता जंङफुड र पानी काक्रो बेच्न ती दर्जन भन्दा बढी महिला केटाकेटी आइपुग्छन् । लामो जाम भएको बेला अघिपछि भन्दा व्यापार राम्रो हुने उनीहरु बताउँछन् । गन्तब्यमा पुग्न नपाउँदा पिडामा यात्रु छटपटाए पनि व्यापार राम्रो हुने आसले व्यापारी खुसी देखिन्छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.